नेकपा भरतपुर महानगरपालिका २४ नं. वडाको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका २४ नं. वडाको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक सरलको अध्यक्षतामा २१ सदस्यीय २४ नं. वडा पार्टी गठन गरिएको हो ।

चितवन जिल्ला इन्चार्ज सन्देशको प्रमुख आतिथ्य, विशेष अतिथि महेश, विशेष अतिथि मीनप्रसाद, अतिथिहरू २५÷२३ का इन्चार्ज राजकुमार, २८ का इन्चार्ज हरिदत्त, २७ का इन्चार्ज अशोक, वडा १ नं. का इन्चार्ज मित्र केसी, २२ नं. इन्चार्ज बद्री अधिकारी र न्याय विभाग प्रमुख प्रेमको उपस्थितिमा सम्पन्न बैठकले पछि ३ जना थप्ने गरि २१ सदस्यीय वडा पार्टी गठन गरेको छ ।

बैठकले एमसीसी, नागरिता विधेयकलगायत राष्ट्रघाती कदमविरुद्ध सशक्त सङ्घर्ष गर्ने, भ्रष्टाचार, विसङ्गतिविरुद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको समाचारमा जनाइएको छ ।

सम्पन्न बैठकमा सन्देश र मीन प्रसादले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा राजकुमारले स्वागत मन्तव्य राखेका थिए भने विरु लामाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :