कञ्चनपुर : कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टी बेल्डाँडी गाउँकमिटीको बैठक सम्पन्न भएको छ । कञ्चनपुरमा नेकपा पछिल्लो समय जनतासँग सुमधुर सम्बन्ध निर्माण र ध्रुविकरण अभियानमा तिब्र भएको देखिन्छ । आइतबार बेल्डाँडी गाउँपालिकामा पनि अन्य पार्टी परित्याग गरी एक दर्जन भन्दा बढि नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका छन् ।
कञ्चनपुर जिल्ला सचिव जीवनको प्रमुख आथित्यतामा भएको उक्त गाउँकमिटीको बैठकमा अरु पार्टी परित्याग गरी कैयौँ नेता कार्यकर्ता ध्रुविकृत भएका छन् । साथै यस अघि पनि कञ्चनपुरको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझान्डी गाउँपालिकामा ध्रुविकरण तथा सबै नगर कमिटी र गाउँ कमिटीका बैठकहरू सम्पन्न भएका छन् ।
कार्यक्रममा बेलडाँडी गाउँकमिटी इन्चार्ज रामसिंहले अध्यक्षता गरेका थिए ।