दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले आज जिल्लाको घोराहीमा दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। संगठनको केन्द्रीय कार्यक्रम अनुसार निशुल्क कोरोना खोप र स्वास्थ्य उपचारका लागि दबाबमूलक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष एवम् संगठनका राप्ती क्षेत्रीय समन्वय समिति सदस्य अनिल केसीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केसीले राज्यले कोरोना संक्रमित बिरामीका लागि निशुल्क खोप र स्वास्थ्य उपचार अबिलम्ब सुरु गर्न आग्रह गरे ।
राज्यको न्युनतम दायित्व हो, जनतालाई निशुल्क खोप र स्वास्थ्य उपचार प्रदान गर्नु उनकाे भनाई थियाे । अर्को एक प्रसंगमा केसीले कोभिड महामारीमा समेत राज्य सत्ता र कुर्सीको खेलमा चुर्लुम्म डुबेको र जनताको स्वास्थ्यप्रति जिम्मेवार नभएको ठोकुवा गरे । अहिलेको राजनीतिक संकट व्यक्ति विशेषको नभई संसदीय व्यवस्थाको संकट भएको केसीको भनाइ थियो । दबाबमूलक प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल ( क्रान्तिकारी) दाङ जिल्ला उपाध्यक्ष खुमन पौडेलले गरेका थिए ।