चिनियाँ ‘यान’ झुरोङ यसरी गुड्दैछ मङ्गलग्रहमा

चिनियाँ ‘यान’ झुरोङ यसरी गुड्दैछ मङ्गलग्रहमा

काठमाडौँ : मङ्गलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर झुरोङ एक सातापछि त्यहाँको सतहमा गुडिरहेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट उक्त रोभर मङ्गलग्रहको सतहमा गुड्न सुरु गरेको समाचारहरुमा जनाइएको छ ।

झुरोङ रोबर्टले मङ्गलग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गरिरहेको छ । यसले कुनै सतह, पानी वा हिउँमा जीवन छ कि छैन भन्ने सङ्केत पनि हेर्ने बताइएको छ । गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन १ मिसन लन्च गरिएको थियो ।

यस मिसनका प्रमुख सहायक कमान्डर झाङ युहुवाले ९२ दिनसम्म मङ्गलग्रहमा सञ्चालन गर्नका लागि यो रोभर डिजाइन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले बताएका थिए ।

झुरोङले गत बुधबार मङ्गलग्रहमा खिचिएको तस्बिर अर्बिटरमार्फत पठाएको थियो । त्यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्बिरमा देखिएको थियो ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :