दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको अध्यक्षमा दुसाद

दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको अध्यक्षमा दुसाद

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपाल नवलपरासीको जिल्ला भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले विजयकुमार दुसादको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको सचिवमा घिसिया यावन चमार, कोषध्यक्षमा ज्ञानती चमार चयन भएका छन् ।

कार्यक्रममा नेकपा लुम्बिनी व्युरो सदस्य तथा नवलपरासी इन्चार्ज धीरजले सबैखाले युवाहरूको समस्या वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको भन्दै वर्तमान दलाल पुँजीवादी व्यवस्थालाई अन्त्य गर्नुपर्ने बताए । उनले आम उत्पीडित जनसमुदाय, युवा, महिला अर्थात् श्रमिक जनताको सबै भन्दा सुन्दर व्यवस्था नै वैज्ञानिक समाजवाद भएको र यो व्यवस्था स्थापनार्थको लागि सम्पूर्ण नवजवान युवाहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुन अपिल समेत गरे । उक्त कार्यक्रमको सञ्चालन अनिल थारुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :