अखिल (क्रान्तिकारी) बागलुङको दोस्रो सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) बागलुङको दोस्रो  सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बागलुङको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘दलाल पुजीवादी शिक्षाको विरुद्ध हाम्रो आन्दोलन! सुदृढ संगठन जुझारु नेतृत्व र वैज्ञानिक शिक्षाका लागि दोश्रो जिल्ला सम्मेलन!!’ भन्ने मूल नाराका साथ सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो । सम्मेलनबाट आस्था कुमालको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपाको धौलागिरी ब्यूरो इन्चार्ज एवम् केन्द्रिय सदस्य धुव्र घिमिरे ‘विप्लव’, अतिथिहरूमा पार्टीको बागलुङ जिल्ला इन्चार्ज आकाश, पार्टीको बागलुङ जिल्ला सेक्रेटरी क्रान्ति, अखिल (क्रान्तिकारी) धौलागिरी इन्चार्ज एवम् केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत रहेका थिए । कार्यक्रमको सञ्चालन विशाल ठकुरीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता आस्था कुमालले गरेकी थिइन् । कार्यक्रम निसिभुजी जनता क्याम्पसमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :