दैलेखको नौमुले बजारमा नेकपाको जनसभा सम्पन्न

दैलेखको नौमुले बजारमा नेकपाको जनसभा सम्पन्न

नौमुले : नेपाल कम्युनिस्ट पार्टी दैलेखले आइतबार नौमुले बजारमा जनसभा सम्पन गरेको छ । जनसभालाई सम्बोधन गर्दै दैलेख जिल्ला इन्चार्ज दिपेन्द्रले जनताको मुक्ति, देशको स्वाधिनता र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि पार्टी शान्तिपूर्ण संघर्ष गर्न तयार रहेको कुरा उल्लेख गरेका छन् । नेपाल सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने कुरामा जोड गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीप लामा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तिकारी ) दैलेखका अध्यक्ष सुद्रसन अतिथि रहेको कार्यक्रमको अध्यक्षता सन्दीपले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्रान्तिले र स्वागत भाषण उशाले गरेका थिए भने ज्वाला सहिद सांस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :