मुगुमा नेकपाको भव्य जनसभा

मुगुमा नेकपाको भव्य जनसभा

गमगढी : नेपाल कम्युनिस्ट पार्टी मुगु राराले भव्य जनसभा सम्पन्न गरेको छ । खत्याड गाउँपालिका कार्यालयनजिकै जनसभा सम्पन्न भएको हो ।

सभालाई नेपाल कम्युनिस्ट पार्टी मुगुका इन्चार्ज समाजले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज समाजले अब नेपालमा वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । नेपाली जनताले आफ्नो भाग्यरेखा कोर्न वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने आफ्नो पार्टीको मूल उद्देश्य रहेको र पार्टी आफ्नो उद्देश्यमा अडिग रहेको समाजले बताए । केही मान्छेले नेकपा सरकारमा जान लागेको भनेर भ्रमपूर्ण प्रचार गरिरहेको तर आफ्नो पार्टी संसदीय व्यवस्था मानेर सरकारमा कुनै पनि हालतमा नजाने ठोकुवा उनले गरे । उनले भने, ‘एकपटक व्यवस्थाको फैसला जनतालाई गर्न दिनुपर्छ । संसदीय व्यवस्था रोज्ने कि वैज्ञानिक समाजवादी व्यवस्था भनेर जनताले छान्न पाउनुपर्छ ।’

सभामा सम्बोधन गर्दै जिल्ला सचिव आकर्षणले सरकारले लगाएको प्रतिबन्ध हटाएपछि वार्ता र संवादको वातावरण निर्माण भएको बताए । उनले मजदुर, किसान, अपाङ्ग, असहाय र जनयुद्धका घाइते, सहिद तथा बेपत्ता परिवारका सदस्यको स्वास्थ्य, शिक्षा र गाँसबासको सुनिश्चितता गर्न माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :