नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र नेता किरणबीच छलफल

नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र नेता किरणबीच छलफल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र रणनीतिक संयुक्त मोर्चाअन्तर्गतको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणबीच मङ्गलबार रणनीतिक संयुक्त मोर्चाका विषयमा छलफल भएको छ ।

भेटमा देशको वर्तमान स्थितिका बारेमा कुराकानी हुनुका साथै रणनीतिक संयुक्त मोर्चाको आगामी कार्यक्रमका बारेमा छलफल भएको छ ।

उक्त भेटमा रणनीतिक संयुक्त मोर्चाको नीतिगत र सैद्धान्तिक पक्षमा छलफल भएको स्रोतले बताएको छ । भेटमा रणनीतिक संयुक्त मोर्चाको संरचना, नीति र नेतृत्वका सन्दर्भमा छलफल हुनुका साथै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकरण र ध्रुवीकरण गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :