संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग सहासचिव विप्लवद्वारा भेटघाट

संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग सहासचिव विप्लवद्वारा भेटघाट

काठमाडौँ : चारदलीय संयुक्त रणनैतिक मोर्चाका प्रमुख नेताहरुबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड सहितका नेकपाका नेताहरुद्वारा औपचारिक भेटघाट सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका महासचिव किरणको पार्टी कार्यालय ललितपुरको कुपण्डोलस्थित भेटघाट एवम् बैठकमा नेताहरु सिपी गजुरेल, ऋषिराम कट्टेल र आहुति सहभागी रहेका थिए ।

बैठकमा यहि फागुन २१ गते नेकपा र सरकारबीच सम्पन्न तीन बुँदे सहमतिलाई राणनैतिक मोर्चाको तर्फबाट सकारात्मक रुपमा लिइएको र यो वार्ता प्रक्रियालाई विभिन्न ढङ्गले सहयोग पुर्याएकोमा रणनैतिक मोर्चाका नेताहरुलाई महासचिव विप्लवले हार्दिक धन्यवाद व्यक्त गर्नु गरेका गरे ।
यसैगरी, बैठकमा रणनैतिक मोर्चाका आगामी कामलाई थप प्रभावकारी बनाउँन विद्यमान नियमावलिलाई थप परिमार्जन गर्नेे, मोर्चाका संयुक्त कार्यक्रमलाई अगाडि बढाउन, आ–आफ्ना पार्टी कार्यक्रमहरु पनि छुट्टा–छुट्टै गर्दै जाने समझदारी समेत भएको कुरा बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य विजयले ई–रातोखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :