शिवगढीमा सहिद परिवारहरुसँग भेटघाट तथा दीप प्रज्वलन

शिवगढीमा सहिद परिवारहरुसँग भेटघाट तथा दीप प्रज्वलन

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा फागुन १४ देखि २१ गतेसम्म सहिदहरुको सम्झानामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । झापा आन्दोलनको क्रममा भएका सहिदहरुको सम्झानामा नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तुको अयोजनामा दीप प्रज्वलन गरिएको हो ।

जनयुद्धको समयमा पञ्चायती शाषकले २०२९ साल फागुन २१ गते झापाको सुखानी जङ्गलमा लगेर क्रान्ति नायकहरु नेत्र घिमिरे, राम नाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ लगायातहरुको हत्या भएको थियो । सहिदहरुको सम्झनामा शुक्रवार नेकपा शिवगढी नगर कमिटीद्वारा दीप प्रज्वलन गरिएको हो । नेकपाद्वारा ८५० जना सहिदहरुको परिवारसँग भेटघाट र सहिद परिवारका सदस्यहरुलाई अभिनन्दनसमेत गरेको नेकपा जिल्ला इन्चार्ज जुझारुले बताए ।

शिवगढी नगर कमिटी इन्चार्ज पवेलले सहिद परिवार भनेको कुनै पार्टी विपक्षीको होइन, सहिद परिवार भनेको राज्यको परिवार हो तर आज सम्म सरकारवादीहरुले सहिदवादीहरुलाई किनारा नामाकरण, कितान गरेको खरेज गर्नुपर्ने र नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको वार्ता सम्बोधनमा नेपाल कम्युनिस्ट पार्टी अझै सम्म संसदीय व्यवस्थामा नगएको बताए । यसैगरी सत्ता प्रमुख हरिष, युवा संगठन नेपाल सचिव दिलिप चन्द, अखिल नेपाल महिला संगठनका अध्यक्ष दिलमायम घर्ती, युवा सदस्य विनोद पुन, शुशिल लगायातको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला इन्चार्ज जुझारु र अतिथिहरुमा विजयनगर नेकपा कमिटी अध्यक्ष प्रताप, शिवगढी नगर कमिटी इन्चार्ज पवेल, युवा संगठन कपिलवस्तु अध्यक्ष बादल र सहिदका परिवारहरु लगायतको सहभागिता रहेको थियो भने सञ्चालन शिवगढी नगर कमिटी इन्चार्ज पवेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :