सिन्धुलीमा २६ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाइयो

सिन्धुलीमा २६ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको आयोजनामा २६ औँ जनयुद्ध दिवसको सयौँ जनताको उपस्थितिमा सम्पन्न भएको छ । जिल्ला इन्चार्ज प्रगाढको अध्यक्षता, प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज अरुण रहेका थिए भने सञ्चालन सेक्रेटरी असोकले गरेका थिए ।

कार्यक्रममा अतिथिहरुमा पार्टीको केन्द्रीय सदस्य सरल, युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश, जनकपुर ब्यूरो सदस्य तथा उत्पादन बिभाग प्रमुख प्रताव, अनेम संघ जनकपुर ब्युरो संयोजक, मिथिला ब्युरो सदस्य तथा आर्थिक विभाग प्रमुख प्रसिद्ध, जनमुक्ति सेना नेपालका कम्पनी कमिसार छार ग्यालम, ब्युरो कार्यालय सेक्रेटरी सुरबिर र युवा संगठन नेपालका जनकपुर ब्युरो इन्चार्ज छिरिङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सबै अतिथिहरुले देशको समसामयिक राजनैतिक परिस्थितिको बारेमा बोल्दै जनतालाई प्रशिक्षित परेका थिए । प्रमुख अतिथि तथा ब्युरो इन्चार्ज अरुणले २६ औँ जनयुद्ध दिवसको अवसरमा जनतालाई शुभकामना दिँदै अब हामी पहिलो कुरा हार्ने लडाइँ लड्दैनौँ र दोस्रो कुरा अब हामी जनतालाई धोका दिदैनौँ भन्दै आम जनतालाई दलाल पुँजीवादी व्यवस्था फाल्ने र जनताको बैज्ञानिक समाजवाद स्थापना गर्न ढुक्क भएर एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :