अखिल (क्रान्तिकारी) दाङद्वारा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान

अखिल (क्रान्तिकारी) दाङद्वारा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान

काठमाडौँ : ऐतिहासिक महान २६ औँ जनयुद्ध दिवसको अवसरमा आज अखिल (क्रान्तिकारी) दाङको आयोजनामा सहिद आवासीय मा.वि. मा शुभकामना आदानप्रदान कार्यक्रम, एकीकृत जनदिशा अभियान उद्घाटन र अखिल (क्रान्तिकारी) सहिद आवासीय मा.वि. को दोस्रो इकाई सम्मेलन सम्पन्न गरेको छ ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रीय सदस्य एवम् सहिद स्मृति आवासीय मा.वि का विद्यालय व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेत ‘धर्ती’, अतिथिहरु अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य सरद, भरत, तार्जन, पत्रकार महासंघ दाङ शाखा सचिव एवम् सहिद आवासिय मा.वि. CTEVT का कोर्डिनेटर भुपेन्द्र वली, अखिल (क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य मदन जिएम, सहिद आवासीय मा.वि. का सहायक प्रअ धनेश्वर पोख्रेल, उक्त विद्यालयका पुर्व प्रअ झविन्द्र पौडेल, विद्यालयका शिक्षकहरू माधव महरा, एकेन्द थापा, लालमणी बसेल, अखिल क्रान्तिकारी सहिद आवासीय मा.वि. का पुर्व सचिव कमल जिएम लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन अखिल क्रान्तिकारी दाङ जिल्लाका पुर्व सचिव एवम् २४ औं दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुमन पौडेलले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रीय सदस्य एवम् सहिद विद्यालयका व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेतले प्रचण्ड, बाबुरामले जनयुद्धको सपनालाई कुर्सीसँग सातेर ठुलो घाट गरेको बताए । उनले जनयुद्धको मुख्य उद्देश्य लक्ष्य, बिचार सिद्धान्तबाट बिचलित हुँदै दलाल संसदीय व्यवस्था सामु आत्मसमर्पण गरेर १७ हजार सहिद, हजारौं घाइते, अपाङ्ग, बेपत्ता र परिवर्तनको पर्खाइमा रहेका जनताहरुलाई अलपत्र छोडेर प्रतिक्रियावादीसँग घाती जोड्न पुगेको बताए । साथै जनयुद्धको लक्ष्य, उद्देश्य, विचार, सिद्धान्त प्रचण्ड बाबुरामहरुले छोडिसकेको र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसँग मात्र जनयुद्धको मुद्दा, एजेन्डा, बिचार र सिद्धान्त रहेकाले उक्त पार्टीबाट मात्र जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिद, घाइते, अपाङ्ग, बेपत्ता योद्धाहरुको सपना पूरा हुने आशा रहेको भन्दै संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवाद स्थापना अनिवार्य रहेको बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष एवम् अखिल (क्रान्तिकारी) दाङका संयोजक अनिल केसीले जनयुद्ध र एकीकृत जनक्रान्तिका क्रममा आफ्नो जीवन बलिदान दिनुहुने महान सहिदहरुप्रति सम्मान, श्रद्धाञ्जली एवम् सबैमा शुभकामना व्यक्त गरे । साथै उनले १० बर्षे महान जनयुद्धले उठान गरेका एजेन्डाहरु पूरा नभएकाले ती एजेन्डाहरु पूरा गर्न सबै युवा विद्यार्थीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । जनयुद्धको समयमा जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, निशुल्क शिक्षा, स्वास्थ, रोजगारीको चर्का–चर्का कुरा गर्ने नेताहरु अहिले आफ्ना छोराछोरीलाई विदेशका महङ्गा कलेज क्याम्पसहरुमा करोडौँ खर्च गरेर पढाई रहँदा यता जनयुद्धमा बुवा, आमा, आफन्त गुमाएका विद्यार्थीहरु साँझ बिहान कसरी छाक तार्ने, कसरी पढ्ने भनेर भौतारिने अवस्था आउनु दुःखद् भएको बताए ।

अगाडि उनले जनयुद्धका सहिद, घाइते, अपाङ्ग, बेपत्ता योद्धाका परिवारलाई यो सरकारले अझै पनि गलत दृष्टिकोणले हेरिरहेको बताए । जनयुद्ध, एकीकृत जनक्रान्तिका समयमा जीवन गुमाउनुहुने महान सहिद, घाइते, अपाङ्ग, वेपत्ताका सन्तानहरुलाई निशुल्क अध्ययन गर्ने वातावरण राज्यले बनाउनु पर्ने माग गरे । सहभागी विद्यार्थीहरु निराश नहुन आग्रह गर्दै नेपाल कम्युनिस्ट पार्टीले एक दिन दलाल संसदीय व्यवस्थालाई मिल्काएर समाजवादी राज्य व्यवस्था ल्याइछाड्ने र त्यसबाट मात्र यी तमाम समस्याहरू हल हुने र साथै सहिदको सपना पूरा गर्न सबै विद्यार्थीहरु आ–आफ्नो ठाउँबाट क्रान्तिलाई सहयोग गर्न अपिल गरे ।

उक्त कार्यक्रमकै अवसरमा अखिल (क्रान्तिकारी) दाङले एकीकृत जनदिशा अभियान उद्घाटन गरेको छ । साथै अखिल (क्रान्तिकारी) सहिद स्मृति आवासीय मा.वि. इकाई कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले गणेशको अध्यक्षतामा ३४ सदस्यीय मा.वि. इकाई कमिटी निर्वाचितसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :