२६ औँ जनयुद्ध दिवसको अवसरमा कपिलवस्तुमा शुभकामना आदानप्रदान

२६ औँ जनयुद्ध दिवसको अवसरमा कपिलवस्तुमा शुभकामना आदानप्रदान

बुटवल : नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा भएको कार्यक्रममा जिल्ला स्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।

कपिलवस्तुको शिवराज नगरपालिकाको भगवानपुर, बाणगंगा नगरापालिकाको पतना र मायादेवी गाउँपालिकाको प्रगतिनगर लगायतका स्थानहरुमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको नेकपाले बताएको छ ।

सभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी शेरमानले जनयुद्धको सपना पूरा नभएको भन्दै त्यसको लागि क्रान्ति जारी रहेको भन्दै संसदीय व्यवस्था विरोधी सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र सच्चा लोकतन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :