नेकपाको सातौँ पुनर्गठन दिवसका अवसरमा देशव्यापी पोस्टरिङ

नेकपाको सातौँ पुनर्गठन दिवसका अवसरमा देशव्यापी पोस्टरिङ

काठमाडौँ : नेकपाको सातौँ पुनर्गठन दिवसका क्रममा आइतबार देशभर पोस्टरिङ गरिएको छ ।

प्राप्त समाचारअनुसार नेकपा दोलखाले जिल्लाभर पम्प्लेट, ब्यानर र झन्डासहित विभिन्न ठाउँमा प्रचारप्रसार गरेको छ । दोलखाको कालिञ्चोक गाउँपालिकाको कार्यालय सुनखानीमा रहेको कार्यालयको गेटमा ब्यानर, झन्डा र पम्प्लेट टाँसिएको छ । त्यस्तै भीनपास्थित हुलाक कार्यालयको गेटमा ब्यानर, कालिञ्चोक स्कुल र गौरीशङ्कर बालगृहमा मा पम्पलेट टाँसिएको छ ।

यसैक्रममा पार्टी पुनर्गठन दिवसका सन्दर्भमा प्रदर्शन तथा कोणसभाहरू पनि सम्पन्न भएका छन् ।

अखिल क्रान्तिकारी सीटीईभीटी जिल्ला र पूर्वाञ्चल उपत्यकाको नेतृत्वमा काठमाडौँमा प्रदर्शन र कोणसभा सम्पन्न भएका छन् । सीटीईभीटी संयोजक डीबी चन्दको सञ्चालन र पूर्वाञ्चल क्षेसस संयोजक लोकेन्द्र सार्कीले मन्तव्य तथा शुभकामना दिएका थिए ।

त्यस्तै काठमाडौँ जिल्लामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष गोविन्द बिष्टले सञ्चालन तथा सङ्गठनका इन्चार्ज मदन चन्दले मन्तव्य राखेका थिए । ललितपुर जिल्ला र क्याम्पस जिल्लाको आयोजनामा ललितपुरको ग्वार्कोमा आयोजित कार्यक्रममा क्याम्पस जिल्ला अध्यक्ष तारा सन्ज्यालको सञ्चालन तथा सङ्गठनका केन्द्रीय सदस्य नवराज भट्टले सम्बोधन गरेका थिए । पोखरा उपत्यका जिल्ला, केयू जिल्ला र टीयू जिल्लाको आयोजनामा कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्राङ्गणमा सभा सम्पन्न भएको छ । सभाको सञ्चालन सङ्गठनका केन्द्रीय सदस्य ललित विक र सम्बोधन केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेले गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा जिल्लाभरि पोस्टर, पम्प्लेट र ब्यानर टाँसेको छ । जनताको व्यापक उपस्थितिमा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा सभा सम्पन्न गरिनुका साथै पर्चापम्प्लेटले राताम्मे पारिएको त्यहाँबाट जिल्ला सेक्रेटरी प्रसिद्धले जनाएका छन् ।

नेकपाले पार्टी सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरू गरिरहेको बेला सिन्धुलीमा पनि प्रचारात्मक कार्यक्रम र सभाहरू सम्पन्न गरिएको हो । नेकपाले पार्टी पुनर्गठन दिवसलाई उत्सवमय बनाउन सिन्धुलीलगायत देशैभरि सानाठूला जनसभाहरू सम्पन्न गरिरहेको छ ।

यसैबीच अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गतको उपत्यका क्षेत्रीय विशेष समन्वय समितिले उपत्यकाका विभिन्न स्थानमा पोस्टर टाँस्ने, भित्तेलेखन गर्ने, तुल–ब्यानर झुन्ड्याउने काम गरेको छ । मङ्सिर ६ गते काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला महासङ्घको नेतृत्वमा ‘पार्टीको ऐतिहासिक सातौँ पुनर्गठन दिवस भव्य सम्पन्न गरौँ’ नारा अङ्कित पोस्टरहरू विभिन्न उद्योग तथा प्रतिष्ठानवरपर टाँसिएको महासङ्घले जनाएको छ । महासङ्घ सम्बद्ध विभिन्न पेसागत सङ्घसङ्गठनले तुल र ब्यानर झुन्ड्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :