नेकपा निकट महिला संघद्वारा काठमाडौँको मुटुमै कोणसभा सम्पन्न

नेकपा निकट महिला संघद्वारा काठमाडौँको मुटुमै कोणसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका विशेष ब्युरोको आयोजनामा काठमाडौँको रातोपुलमा सातौँ पार्टी पुनर्गठन दिवस सफल पार्न कोणसभा सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सातौँ पार्टी पुनर्गठन दिवसलाई सफल पार्न गरिएको कोणसभामा महिला संगठनका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो संयोजक लेनाले सम्बोधन गरेको समाचार प्राप्त भएको छ ।

दलाल सरकारको अराजकताले सिङ्गो नेपाल धरासय भएकोले यसको खारेज गर्न अवश्यम्भावी भइसकेकाले सबै महिलाहरु सत्ताका विरुद्ध सडकमा आउन अपिल गर्दै सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा शुभ–कामना समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :