विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

विभेद र भ्रष्टाचारविरुद्ध नेकपाको गाउँबस्ती जगाऊँ अभियान

काठमाडौँ : नेकपाका सहायक र जनवर्गीय सङ्गठनहरूले विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती जगाऊँ अभियान सुरु गरेका छन् ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) रुकुमपश्चिम र सहायक सङ्गठन युवा सङ्गठन नेपाल रुकुमपश्चिमको संयुक्त आयोजनामा गाउँगाउँसम्म विभेद र भ्रष्टाचारविरुद्ध गाउँबस्ती जगाऊँ अभियान सुरु गरिएको समाचार प्राप्त भएको छ ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहराका अनुसार जनतालाई सबै प्रकारका विभेद, अन्याय, शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न जागरण ल्याउने, व्याप्त भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिन जनतालाई अपिल गर्ने, महिनौँसम्म कोरोना भाइरसका कारण अस्तव्यस्त पठनपाठन सञ्चालन गर्नुपर्ने सन्देश प्रवाह गर्ने र सन्निकट क्रान्तिका पक्षमा आमजनता, युवा, विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत जनक्रान्तिमा गोलबन्द गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

अभियानका क्रममा रुकुमपश्चिमका विभिन्न गाउँबस्तीमा युवा, विद्यार्थी, महिला र किसान सङ्गठनहरू निर्माण गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :