लाल झन्डा

लेखक : कुमारध्वज दियाली ‘प्रभाव’

यो लाल झन्डा अब रछ्यानमा पर्नेछैन
झरे पनि आकाशको तारा
तर अब यो झर्नेछैन
म यो बोकी हिँड्छु गन्तव्य नभेटेसम्म
गोरेटो छोड्नेछैन कतै हुस्सु लागेनी टम्म
अबको झन्डा वैज्ञानिकताको हुनेछ
न्यायिकताले सम्पूर्ण जनतालाई छुनेछ
हो, हामी छुट्टै छौँ अरुभन्दा बेग्लै छौँ पनि
त्यसैले आऊ हामी सबै मिलेर जाऊँ भनी
वैज्ञानिक समाजवाद सुनौलो घाम हो
नेपाल कम्युनिस्ट पार्टी यसको नाम हो
पृथ्वी उज्यालो बनाउँछ एक घामले
त्यसैगरी उज्यालो हुनेछ देश हाम्रो कामले
यो लाल झन्डा शिखरमा गाड्नु छ अब
खरानी नै हुनेछन् दलालहरू जलेर सब
सम्झौता कत्ति हुनेछैन हाम्रो लाल झन्डासँग
बरु हुनसक्छ राष्ट्रघातविरुद्ध युद्धविराम भङ्ग
समाजवादी लाल झन्डा फर्फराउने कुरा साँचो छ
मात्रै अलिकति एक धक्का क्रान्तिको खाँचो छ
अब यो लाल झन्डा सर्वहारा सबैको साथी हुनेछ
म सहिद भएछु भने पनि मेरो देहको माथि हुनेछ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :