महान् सहिद सनराइजको स्मृतिमा

सामाजिक फासिवादी दलाल सरकारको प्रतिरोध गर्दैवबैज्ञानिक समाजवादका लागि गौरवपूर्ण बलिदानी मार्ग रोज्ने महान् सहिद कमरेड सनराइज उच्च सम्मानसहित सङ्घर्षको मैदानबाट लालसलाम ।

दासताको सिक्री तोड्दै बर्बरताको पर्खाल ढाल्ने अठोट लिएर वर्गसङ्घर्षको मैदानमा शासकहरूका विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने सर्वहारावर्गको प्रिय कमरेड सनराइज भौतिक रूपमा टाढिएको पाँच वर्ष पुग्नै आँटेछ । हाम्रो आस्थाको धरोहर, प्रेरणाको स्रोत कमरेड सनराइजलगायत महान् सहिदको त्यो उच्च बलिदानले एकीकृत जनक्रान्तिलाई थप नयाँ उचाइमा मात्रै पुर्याएन, सहिदको रगतले रङ्गिएको हँसियाहथौडा अङ्कित रातो झन्डालाई सफलताको शिखरमा पु¥याउन थप ऊर्जा, प्रेरणा थपेर प्रतिबद्ध बनाएको छ । महान् सहिद कमरेड सनराइज तपाईंको उच्च सहादतले प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थामा ठूलो ज्वालामुखी विस्फोट भयो र मक्किएको व्यवस्थाका मालिकहरूको निद्रा समाप्त गर्यो भने सिङ्गो मुक्तिका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने सर्वहारा वर्गमा जनहत्यारो व्यवस्थाका विरुद्ध थप आक्रोश पैदा गर्यो ।

कमरेड सनराइज ! हुनत तपाईंलाई गुमाउँदाको पीडा परिवर्तनको पक्षधर कसलाई भएन र ! तर तपाईंको गौरवपूर्ण बलिदानले एउटा छुट्टै इतिहास निर्माण गर्ने एकीकृत जनक्रान्तिमा एउटा नयाँ इँट थप्यो । हामी इतिहासबाट सिकेर नवीन इतिहास निर्माणको महान् अभियान र यात्रामा छौँ । इतिहास विजयीहरूको हुन्छ, हुनत पराजयीहरूको नि हुन्छ तर लिखित इतिहास सबैका लागि प्रेरणाको इतिहास विजयीहरूको मात्रै हुन्छ ।

समाजमा भएको हत्या–हिंसा, बलात्कार, कालोबजारी, भ्रष्टाचार, विकृति, विसङ्गति, लैङ्गिक असनानता, जातीयता, धार्मिक असहिसुणता, हुनेखाने र हुँदा खानेबीचको विभेदका विरुद्ध निरन्तर बुलन्द आवाज उठाइरहने, लडिरहने तपाईंको उच्च साहस र सरल जीवनशैलीको यहाँ जतिसुकै प्रशंसा गरे पनि अपुग नै हुन्छ । सामाजिक न्याय, समानता, स्वतन्त्रता, स्वाधीन, सार्वभौम राष्ट्र निर्माणको महान् अभियान र क्रान्तिको बाटोमा हजारौँ चोट सहेर निस्पट्ट अँध्यारोलाई चिर्दै चम्किरहने जून बनेर उज्यालो किरण छरिरहेछौ लाखौँलाख राता मान्छेहरूलाई । कमरेड सनराइजलगायत महान् सहिदहरूले देखाएको क्रान्तिको यो स्वर्णिम मार्गबाट सर्वहारावर्गलाई सामन्तवाद, दलाल वा निगम पुँजीवादी साम्राज्यवाद, उत्तरसाम्राज्यवादको चपेटा र पन्जाबाट मुक्त गरी हाम्रो आस्थाको साम्यवादसम्म नपुगुन्जेल निरन्तर लडिरहने र त्यसका लागि आवश्यक परे बलिदानका हजारौँ कोटा चुक्ता गर्ने प्रतिबद्धतासहित महान् सहिद सननराइजलगायत सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
(लेखक अखिल क्रान्तिकारी कैलाली जिल्लाका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :