ताम्सालिङ स्वायत्त प्रदेशद्वारा संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट ताम्सालिङ स्वायत्त प्रदेशले पार्टीको केन्द्रीय समितिको निर्णयनुसार तीन महिने “एकीकृत जनजागरण अभियान” शुरु गर्ने भएको छ । सो प्रदेशका प्रमुख मणिक लामाले बिहीबार पत्रकार सम्मेलन गरी संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा लामाले दलाल संसदीय व्यवस्थाले लादेका÷गरेका दर्जनौं असमान सन्धी सम्झौताको विरुद्ध नेपाली जनतालाई पुनः जागरुक गराउँदै क्रान्तिकारी देशभक्त परिवर्तनकारी शक्तिहरुको विच ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चामार्फत् भूकम्प पीडित जनताको दर्दनाक समस्या समाधानार्थ जनदवाव सृजना गर्ने बताएका छन् । यस्तै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको विकराल समस्यालगायत महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार, ढिलासुस्ती, दलालीकरण एवं सबै खालको माफियाकरण विरुद्धको संघर्षलाई अझ बढी व्यापक बनाउँदै जनताको घरदैलो अभियान संचालन गर्ने उनले बताए ।

२०७४ माघ २६ गते दिउँसो १ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :