सीमा अतिक्रमणप्रति भोजपुरा प्रदेशको विरोध

काठमाडौं : केही समय अगाडीदेखि पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका छपकैया, सुन्दरपुर, सिर्सिया, मितेरी पुललगायतका स्थानहरुमा भारतीय पक्षबाट  सीमा मिचेकोप्रति नेपाल कम्युनिस्ट पार्टीनिकट भोजपुरा स्वायत्त प्रदेश जनपरिषद (जनसत्ता)ले घोर विरोध तथा भत्र्सना गरेको छ । प्रदेशभित्र अनियमित ढंगले बन विनास, गिट्टी/ढुङ्गा निकासी, चुरे विनास, चोरी तस्करी हुने र सार्वजनिक जग्गा अतिक्रमण तत्काल बन्द गर्न सम्बन्धित निकायलाई चेतावनी दिएका छन् । उक्त गतिविधि नरोकिए जनताको सहभागितामा भोजपुरा स्वायत्त जनपरिषदले कावार्ही गर्न बाध्य हुने बताइएका छन् । शुक्रबार (माघ २६ गते) सो स्वायत्त प्रदेश प्रमुख विगाप्रसाद चौरसियाको अध्यक्षता र केन्द्रीय जनप्रतिनिधीसभाका सभाध्यक्ष उमा भुजेल “शिलु”को विशेष उपस्थितिमा बसेको बैठकले पुरानो सत्ताका जनप्रतिनिधिहरुले जनताका विकास निर्माणमा गरेका अनियमितता, घुसखोरी, विचौलिया र दलाल भुमिकालाई अन्त्यगर्न संघर्षको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । दलाल पुँजीवादी र सामाजिक दलाल पूँजीवादी तत्वहरुले उत्पन्न गरेका सवैखाले उत्पीडन र राष्ट्रघातका विरुद्ध संघर्षको गर्नुका साथै जिल्ला जनपरिषदको पुनर्गठन र नगर/गाँउ स्तरका जनपरिषद(जनसत्ता)लाई कार्यान्वयनमा लैजाने निर्णय गरेको जनाएको छ । यसैगरी विज्ञप्तिमा भोजपुरा स्वायत्त प्रदेशमा भ्रष्टाचार, तस्करी, घुसखोरी र कालोबजारीयाहरुको विगविगी बढेकोप्रति तत्काल बन्द गर्न जोडदार माग पनि गरेका छन् । अन्यथा यसको विरुद्ध भोजपुरा स्वायत्त जनपरिषद कडा कदम चाल्न वाध्य हुने जनाइएको छ । भोजपुरा स्वायत्त प्रदेशमा सुकुम्वासी समस्या विकाराल बनेको छ । दाईजो, बालविबाह र बलात्कारको घटनाहरु पनि ज्वलन्त छन् । जुवातास, मदिरापान व्यापक बढेको छ जसका कारणबाट परिवारमा दिनानुदिन विचलन पैदा भएको छ । दलाल राज्यसत्ताले दलित/जनजाति तथा मधेशी जनतामाथि थोपरेको सबैखाले उत्पीडनका विरुद्ध संघर्ष गर्नका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपीलसमेत गरेको विज्ञप्त्मिा उल्लेख छ ।

२०७४ माघ २६ गते बिहान ११ : ५७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :