भ्रस्ट, दलाल र तस्करहरुलाई खरानी बनाई छाड्ने उध्घोस गर्दै युवा सम्मेलन सम्पन्न

झापा : राष्ट्रिय युवा जनस्वयम् सेवक झापा जिल्लाको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शसक्रबार सम्पन्न जिल्ला सम्मेलनले सेसेहाङ्ग लिम्बूको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनमा नेकपा मेची ब्युरो कार्यलय सदस्य तारा थापा, युवा संगठनका प्रशान्त, नेकपा झापा जिल्ला सेक्रेटरी सौगात आचार्य, नेकपा मेची ब्युरो सदस्य एबम् जनपरिसद झापाका प्रमुख सुमनसिंह पौडेल, क्रान्तिकारी ट्रेड युनियन महासंघ पुर्वी कमाण्ड इन्चार्ज श्रब श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । झापाका विभिन्न ठाउँबाट आएका १०० प्रतिनिधि पर्यबेक्षकहरुको बिचमा सम्पन्न उक्त सम्मेलनमा उपस्थित अधिकांस अथितिहरुले ‘एकीकृत जनक्रान्ती’ मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने र यसको निम्ति युवाहरुले उच्चमनोबल बनाएर संघर्षमा होमिनु पर्नेमा जोड दिए । नेपाली क्रान्तिलाई नयाँ उचाइमा उठाउन युवाहरुले खेल्नु पर्ने भुमिकाको आवश्यकताको चर्चा गर्दै नवनिर्वाचित अध्यक्षले बरु बलिदान दिन तयार रहेको तर देश र जनताप्रति गद्दारी गर्नेहरुलाइ जिउँदो भएर हिड्न नदिने उद्घोष गर्दै आफ्नो प्रतिबद्धता राखेका थिए । कार्यक्रमको सञ्चालन युवाका जिल्ला सदस्य आसिम राईले गरेका थिए ।

२०७४ माघ २६ गते दिउँसो १ : ३८ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :