उखु किसान प्रदर्शनमा उत्रिए

काठमाडौं : विभिन्न माग राख्दै मोहोत्तरी उखु किसानहरु विरोध प्रदर्शमा उत्रिएका छन् । महोत्तरी जिल्ला गौशलला नगरपालिका रामनगरमा रहेको एभ्रेस्ट सुगर मेलबाट पीडित किसानहरुले विरोध प्रदर्शन गरेको हुन् । सो मिलले २ वर्ष देखि उखु किसानहरुलाई भुक्तानी नदिएको, उखु फुलेपछि मात्र उखु किन्ने, समयमा उखु खरिद नगर्ने गरेको, धुवा प्रदुर्शन नियन्त्रन नगर्ने गरेको हुनाले पीडित किसानहरुको आरोप छ । विभिन्न माग राख्दै धर्नारत किसानमाझ नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल उपस्थित भएर किसानहरुको विरोध प्रदर्शनमा यज्ञबद्धता जनाएका छन् । उनले किसानका जाहेज माग पुरा गर्न माग गर्दै अन्याथा चिनी मेलले ठूलो मुल्य चुकाउन पर्ने चेतावनी दिएका छन् । अहिले जनपथ प्रहरी सशस्त्र प्रहरीले धर्नाकारीहरुलाई घेराबन्दी गरिहेको छ भने किसानहरुको धर्ना र नाराबाजी जारी छ ।

२०७४ माघ २६ गते दिउँसो २ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :