राष्ट्रिय युवा जनस्वयं सेवकद्वारा भ्रष्ट, शासक, दलाल नेताहरु र प्रवृतिका विरुद्ध सशक्त संघर्ष गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट राष्ट्रिय युवा जनस्वयं सेवकले भ्रष्ट, शासक, दलाल नेताहरु र प्रवृतिका विरुद्ध सशक्त संघर्ष गर्ने घोषणा गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित संवाद डवलीमा पत्रकार सम्मेलन गरेर सो संगठनका संयोगजक बाबुराम राईले घोषणा गरेको हो ।

संयोजक राईले आफ्नो संगठनको सम्मेलन यही फगुन ६ र ७ गते मोरङ जिल्लाको विराटनगरमा सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलनलाई भ्रष्टाचार विरुद्धको सशत्त अभियानमका रुपमा सम्पन्न गर्ने उद्घोष गरेका छन् । उनले अगाडी नभनेका छन् ‘देश र समाजको दुर्गतीको कारण भष्टाचार नै हो । भष्टाचार विरुद्धकोे आन्दोलन नै आजको युवा आन्दोलनको प्रमुख कार्यभार हो ।’

प्रेस विज्ञप्तिसहत

२०७४ माघ २७ गते बिहान १० : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :