दाङमा दलित मुक्तिमोर्चाको जिल्ला सम्मेलन सम्पन्न / अन्तरजातीय विवाह गरेका १२ जोडीलाई सम्मानित

काठमाडौं : नेकपानिकट दलित मुक्ति मोर्चा, नेपाल दाङको जिल्ला सम्मेलन बिहीबार भालुवाङमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष सुरज परियारको अध्यक्षता एवम् नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतमा भएको सम्मेलनलाई दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष सिता विक, नेकपा दाङका सेक्रेटरी विक्रम कटुवाललगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमममा अन्तरजातीय विवाह गरेका १२ जोडीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा जलजला जनसाँस्कतिकका कलाकारहरुले विभिन्न प्रस्तुती समेत देखाएका थिए । मोर्चाका जिल्ला सदस्य पन्चराम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मोर्चाका जिल्ला सदस्य जनक विकले गरेका थिए ।

२०७४ माघ २७ गते बिहान ११ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :