सल्यानको युवामा सुनार चयन

काठमाडौं : नेकपानिकट राष्ट्रिय युवा जनस्वयं सेवक सल्यान जिल्लाको तेस्रो जिल्ला सम्मेलनले अमृत सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सल्यानमा भएको कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य शीतलको प्रमुख आतिथ्यमा “राष्टघात, भ्रष्टाचार र बेरोजगारको विरुद्ध सशक्त युवा आन्दोलन, सुनिश्चित युवा अधिकार र एकीकृत जनक्रान्तिको पक्षमा तेस्रो जिल्ला सम्मेलन” मूल नाराका साथ युवाहरुको मार्चपाससहित कार्यक्रमको सुभारम्भ भएको हो । सम्मेलनमा नेकपाका सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला इन्चार्ज सविन, रुकुम जिल्ला इन्चार्ज अटल, राष्ट्रिय युवा जन स्वयंसेवक राप्ती ब्युरो इन्चार्ज पाटन, युवाका दाङ जिल्ला इन्चार्ज तिलक योगी, सल्यान जिल्ला इन्चार्ज टाइगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता बलदेब पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७४ माघ २७ गते बिहान १२ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :