मगरात स्वायत्त जनपरिषदको घोषणा

काठमाडौं : नेकपाले मगरात स्वायत्त प्रदेश जनपरिषद्को घोषणा गरेको छ । माघ २३ र २४ गतेसम्म प्युठानमा भएको दोस्रो अधिवेशनले १९ सदस्यीय जनपरिषद गठन गरेको हो । अधिवेशनले छमबहादुर सेनको अध्यक्षतामा ४५ सदस्यीय मगरात स्वायत्त जनप्रतिनिधिसभा र नन्दबहादुर बुढामगर प्रमुख रहेको १९ सदस्यीय मगरात स्वायत्त जनपरिषदको घोषणा गरेको हो । बिहीबार क्रान्तिकारी पत्रकार संगठन प्युठानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य सन्तोष बुढामगरले वास्तविक कम्युनिस्ट सत्ता खोजिरहेको बताउँदै एमाले–माके गठबन्धनले कम्युनिस्ट खोल ओढेर जनतालाई भ्रम दिएको बताउनुभयो । संसदीय व्यवस्थाको अन्त्यका लागि पार्टीले दुई निर्वाचन खारेज गरेको भन्दै जनताको जनजीवीकाका पक्षमा तीन महिने एकीकृत जनजागरण अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

२०७४ माघ २७ गते मध्यान्न १२ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :