दाङको कोइलाबास सिमामा विद्यार्थीले नेपालको झण्डा गाडे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) दाङले भारतले नेपालको विभिन्न सीमामा पटक–पटक गर्दै आएको ज्यादती र सीमा अतिक्रमणका विरुद्ध विरोध गर्दै कोइलाबास सीमामा नेपालको झण्डा गाडेको छ । क्रान्तिकारीका राप्ती ब्युरो सम्योजक नरेन्द्र विकको नेतृत्वमा दाङको कोइलाबास सिमानामा झन्डा गाडेको हो । भारतीय विस्तारवाद मुर्दावाद, १९५० लगायतका असमान सन्धी खारेज गर, मिचिएका भूभाग फिर्ता गर जस्ता प्ले कार्ड बोकेका अखिल (क्रान्तिकारी)लाई स्थानीय जनतालेसमेत साथ दिएका थिए । सिमानामा झन्डा गाडेपछि सिमानामै नारा जुलुससहित कोइलाबास बस्ती परिक्रमा गरेको जिल्ला सदस्य तेजप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

२०७४ माघ २७ गते मध्यान्न १२ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :