क्रान्तिकारी विद्यार्थीद्वारा देशव्यापी विरोध प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले तराईको विभिन्न स्थानमा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ । यसैबीच बिहीबार बिहान कैलालीको लम्किमा अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ । त्यसैगरी झापाको कांकडभिट्टामा आज बिहान विरोध प्रदर्शन सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) मेची ब्युरोको आयोजनामा भएको भारतीय हस्तक्षेप बन्द गर !, दलाल संसदीय व्यवस्था चांहिदैन र देश बेच्न पाइदैन !, एकीकृत जनक्रान्ती जिन्दावाद ! लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएको हो ।

त्यस्तै सुनसरीको धरानमा बिहीबारै अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला समितिको आयोजनामा भारतले नेपालको सीमा अतिक्रमण गरेको बिरोधमा अतिक्रमित भुमी फिर्ता गर !, वैदेशिक हस्तक्षेप बन्द गर !, दलाल संसदीय व्यवस्था खारेज गर !, जनताको जनसरकार निर्माण गर !, चरम मुल्य वृद्धि फिर्ता गर ! जस्ता नाराजुलुस लगाई भानुचौकमा कोणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा सुनसरीका इन्चार्ज प्रज्वल, विद्यार्थीका कोशी संयोजक नवराज भट्टराई, विद्यार्थी जिल्ला अध्यक्ष पुस्प न्यौपानेले सभालाई सम्बोधन गरेका छन् । विद्यार्थीले औपनिवेशिक शिक्षा विरुद्ध वैज्ञानिक समाजवादी शिक्षा लागु गर्ने उदेश्य लिएर प्रदर्शनहरुलाई अब देशव्यापी रुपमा चलाउ भएको एक विद्यार्थी नेताले बताएका छन् ।

२०७४ माघ २५ गते मध्यान्न १२ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :