क्रान्तिकारी विद्यार्थीद्वारा साथी अभियान सुरू

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले साथी अभियान सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र आङगीक कलेज लक्षित अभियानको उद्घाटन अमृत साइन्स क्याम्पसबाट गरेको हो । क्याम्पसमा उपस्थित विद्यार्थीहरुलाई संगठनका केन्द्रीय अध्यक्ष पुर्णबहादुर सिंहले चक्लेट र फारम वितरण गरेर फरक शैलीबाट अभियानको थालनी गरेका छन् । राष्ट्रिय सम्मेलनको संघारमा प्रचारात्मक सांगठनिक अभियान भएको भन्दै क्रान्तिकारीले १५ आङिगक र केन्द्रीय क्याम्पसका विद्यार्थीहरुसँग प्रत्यक्ष अन्तरक्रिया र बहस गर्ने बताएको छ । विद्यार्थी संगठन विद्यार्थी भन्दा बाहिर गएको भन्दै क्रान्तिकारीले साथी अभियानमार्फत विद्यार्थीहरु पिर मर्कामा सहयोगी बन्ने अध्यक्ष सिंहले घोषणा गरेका हुन् । क्रान्तिकारीका केन्द्रीय नेता लोकेश बिश्वकर्माको नेतृत्वमा सञ्चालित अभियान फागुन १० गतेसम्म चल्ने बताइएको छ । यसैबीच भारतीय पक्षले पर्साको छपकैयामा गरेको भुमि अतिक्रमणको विरोध प्रदर्शन पुर्वको मेची देखि महाकालीसम्मका १४ बटा जिल्लामा विरोध प्रदर्शन गरेको उक्त संगठनले जनाएको छ ।

२०७४ माघ २५ गते दिउँसाे १ः०७ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :