नेकपाको केन्द्रीय स्कुलिङ जारी

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोको आयोजनामा ५ दिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । सुर्खेतमा यही माघ १७ गतेदेखि २१ गतेसम्म प्रशिक्षार्थीहरुलाई राजनीतिक, वैचारिक रुपमा प्रशिक्षित गरिएकोे हो । भेरी ब्युरोअन्तर्गतका जिल्ला र ब्युरोस्तरीय प्रशिक्षार्थी सहभागी थिए । ३० जना सहभागी स्कुलिङमा दर्शन, राजनीति र अर्थशास्त्र विषयमा केन्द्रीय स्कुलिङ विभागका वरिष्ठ सदस्य रणवीरले, वैज्ञानिक समाजवाद र सौन्दर्यशास्त्रमा गम्भीर र गतिले प्रशिक्षण दिएका थिए । ५ दिने स्कुलिङको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज विश्वक्रान्तिकाले र सञ्चालन हिमशिखरले गरेका छन् ।
२०७४ माघ २५ गते बिहान १० : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :