विद्यार्थी नेतामाथि मुद्दा दायर

सुशान क्षत्री / चितवन : सोमबार बिहान चितवनको बालकुमारी उच्च माविका प्रमुख नारायणबहादुर थापालाई कालोमोसो दलेको आरोपमा बालकुमारी माविका प्रमुखले बुधबार दिउसो चितवन प्रहरी कार्यलयमा सार्बजनिक मुद्दा दर्ता गराएका छन् । नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भरतपुरका विद्यार्थी नेता भनि ४ जनाको नाममा किटानी जायरी गरी मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ । आरोपित विद्यार्थी नेताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । थापालाई सरकारी विद्यालयमा विद्यार्थीसँग चर्को शुल्क लिएको आरोपमा सोमबार अखिल (क्रान्तिकारी) जिल्ला समिती चितवनको नाममा पर्चासहित कालोमोसो दलेको फोटो सार्वजनिक भएको थियो ।

२०७४ माघ २४ गते साँझ ७ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :