कोशीमा जागरण अभियान

काठमाडौं : भण्डाफोर तथा जनजागरण अभियान कोशी ब्युरोका विभिन्न जिल्लामा बढ्दै गएको छ । माघ १५ गते सो अभियान उद्घाटन भएपछि मंगलबारसम्म धरान उपमहानगरपालिका देउराली मंगलबारै भानुचोकमा जागरण सभा भएका छन् । ती सभालाई युवा नेता चट्टानले सम्बोधन गरेका छन् । त्यसैगरी सुनसरीको इटहरी, उपमहानगरपालिकाका विभिन्न स्थान र बराह नगरपालिकामा पनि जागरण सभा भएका छन् । त्यसैगरी मोरङ जिल्लाको उर्लाबारी बजारमा व्यापक भित्तेलेखन भएको छ । अभियानकै क्रममा टंकीमेघा मेटल प्रालिमा अखिल नेपाल औद्योगिक मजदुर संघको इकाई गठन भएको छ भने विराटनगर उपमहानगरपालिका १६, १७ वडामा माघ २१ गते अनेम संघ क्रान्तिकारीको वडा समिति गठन भएको छ । त्यसैगरी कोशी हरैचा नगरपालिका विराटनगर उपमहानगरपालिका बेलबारीलगायतका स्थानमा जागरण अभियान तीव्र बनेको छ । उता संखुवासभामा पनि जागरण अभियान जारी छ । त्यसैगरी धनकुटा बजार छिन्ताङलगायतमा भित्तेलेखन, जनभेटघाट, पर्चा विरणलगायतका जनजागरण अभियानहरु सम्पन्न भइरहेका छन् ।

२०७४ माघ २४ गते अपरान्ह ४ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :