जनअदालत सक्रिय

काठमाडाैं ः उदयपुर जिल्ला जनसरकारले न्यायिक फैसला गर्न थालेको छ । गाईघाटबाट प्राप्त समाचारअनुसार पुस २१ गते सुनसरी, इटहरी निवासी पीडित सुरेन्द्र केसीले उदयपुर बेलका नपा ८, (साबिक रामपुर फोक्सिला १) रामबहादुर थापाविरुद्ध ठगी मुद्दामाथि फैसला गरेको छ । पीडक रामबहादुर थापाले विभिन्न मितिमा १० बिघा जमिन दिने सर्तमा ६७ लाख रुपैयाँ दिएका थिए । जग्गा नामसारी गरी दिनुको सट्टा ठगी गर्ने नियतले थापाले आफ्नो नामको जग्गा श्रीमतीका नाममा नामसारी गरे । श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको नक्कली पत्रसमेत उनले बनाएका कारण थापाकी श्रीमतीको नामको जग्गा केसीले लिन नसक्ने भनी उदयपुर जिल्ला अदालतले फैसला गरेको थियो । जनअदालत उदयपुरले ठग थापा र उनकी श्रीमतीलाई गाईघाटमा झिकाई दबाब दिएपछि रामबहादुरले श्रीमतीको नाम रहेको जग्गा पीडित सुरेन्द्र केसीलाई चलनचल्तीको दरमा पूर्वसर्तबमोजिम प्रदान गरिएको उदयपुरका इन्चार्ज केदार राईले बताएका छन् । मुद्दाको फैसला उदयपुर जनसरकार प्रमुख जितबहादुर मगर नेतृत्वको टोलीले गरेको थियो ।

यसैगरी उदयपुर गाईघाटबाट प्राप्त अर्को समाचारअनुसार निवेदक त्रियुगा नपा ११, गाईघाट निवासी नरबहादुर कार्की, केन्द्र राउत र राधाराम खतिवडाले काङ्ग्रेस उदयपुर सभापति विदुर बस्नेतलाई उदयपुर ८ का हरिबहादुर राउतमाथि ठगी गरेको आरोपमा गत वर्ष जनअदालतमा उजुरी गरेका थिए । पीडकले निजहरूको संयुक्त लालपुर्जा रहेको जग्गा पास गरिदिन्छु भनी रकम लिएको र तत्काल जग्गाको मूल्य बढेपछि सर्त उल्ट्याउन खोजेको ब्याजसहितको रकम फिर्ता लिन दिई पीडित बनाएको भनी उजुरी परेको थियो । उनीहरूको १४ कट्ठा जग्गामध्ये पटकपटक गरी ३८ लाख रुपैयाँ लिएको र त्यसबापत ७ कट्ठा पास गरिदिने सर्त भएकोमा बैना भइसकेको जग्गा दिन अस्वीकार गरेका थिए । नेकपा उदयपुरका इन्चार्ज केदार राई र जनसरकार प्रमुख जितबहादुर मगरसहितको टोलीले पीडकलाई झिकाए । पीडकहरू जे गर्छौ गर भन्दै उठ्न थालेको बेला थचारेपछि उनीहरु हच्किएका थिए । छलफलपछि पीडकहरुले साबिक मूल्यमा नै बैनाबमोजिम जग्गा पास गरि दिए । स्रोत : राताे खबर साप्ताहिक, अङ्क ३४, पूर्णाङ्क १२९

२०७४ माघ २४ गते दिउँसो ३ः५४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :