भ्रष्टाचारी शर्मामाथि कारबाही गर्दा ५० औं सामान्य जनता गिरफ्तार

तस्विर : भीम चापागार्इं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट चूडामणि शर्मामाथि कारबाही गरेको छ । अख्तियार दुरुपोग आयोगले भ्रष्टाचार मुद्दामा खोजी गरिरहेका शर्माको बूढानीलकण्ठस्थित घरमा कारबाहीस्वरुप कालोझन्डा गाडेका छन् । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोडसमेत भएको छ ।

घरका सिसा, झ्याल, ढोकासहित अधिकांश भागमा क्षति पुगेको छ । कारबाहीका क्रममा सहभागी ५० भन्दा बढी सामान्य जनतालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले यात्रुबाहक ३ वटा साधन पनि नियन्त्रणमा लिएको बताइएको छ ।

२०७४ माघ २३ गते अपरान्ह ४ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :