महिला मुक्तिका लागि एकीकृत जनक्रान्ति : राजकुमारी शाही

१.भूमिका
महिलाहरूसिर्जना र सभ्यताका वाहक हुन्, मानव समाजका सृष्टिकर्ता हुन् यद्यपि दलाल पुँजीवादी सत्ताले महिलाहरूलाई विज्ञापन र मनोरञ्जनको साधनका रूपमा स्थापित गरेको छ । शोषण–उत्पीडन लादिरहेको छ । धर्मले सीमित बन्धनमा कैद गरेको छ भने दलाल पुँजीवादले उपभोग्य साधनकारूपमा विश्व बजारमा मोततोल गरिरहेको छ । नेपालको दलाल प्रतिक्रियावादी सत्ताले अधिकारबाट वञ्चित गरेर समाजमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिक बनाइरहेको छ । नेपालमा दसबर्से जनयुद्धको रापले इतिहासमै पहिलोपटक राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशजस्ता सर्वाेच्च निकायमा महिला चुनिए तर जनयुद्धको सम्पूर्ण उपलब्धि गुमाएपछि वा प्रतिक्रियावादी सत्ता पुनस्र्थापित हुँदा उक्त प्रमुख पद विज्ञापनको साधन मात्र हुन पुगेको छ । अहिले पनि नेपाली समाजमा महिलाहरूलाई बोक्सीको आरोपमा मुखमा दिसा कोचिदिने, शरीरमा आगो लगाउने, बन्चरो प्रहार गरी कायरतापूर्वक हत्या गर्ने अत्यन्तै अमानवीय, पुरातन र रूढिवादी कुकर्मजारी हुनुले थप स्पष्ट पार्दछ । यद्यपि जनयुद्धका रूपमा उठेको महिला चेतना समाप्त भैसकेको छैन । महिला मुक्ति आजको अपरिहार्य विषय हो । त्यसैले क्रान्तिबिना महिला मुक्ति सम्भव छैन ।

२.समस्याहरू

तत्कालै २०७४ कात्तिक १ गते बेलुका रसुवा जिल्लाको कालिका गाउँपालिका, खाल्चेत निवासी राधा थिङलाई बोक्सीको आरोपमा आफ्नै जेठाजुले बन्चरो प्रहार गरी सख्त घाइते बनाएको घटना सामाजिक सञ्जालमार्फतबाहिर आयो । केही समयअगाडि उपत्यकानजिकैको काभ्रे जिल्लामा लक्ष्मी परियारको बोक्सीको आरोपमा अमानवीय र जङ्गली पाराले हत्या भयो । उक्त घटनामा जनताको सुरक्षा दिने प्रहरीसमेत पीडककापक्षमा मिलोमतो गर्दै गरेको समाचार बाहिर आयो । यो देशमा शिक्षकद्वारा छात्रा बलात्कृत हुन्छन् । कार्यालय र सङ्घसंस्थाका हाकिमबाट कैयाँै महिला कर्मचारी बलात्कृत भएका दर्जनौँ घटना बाहिर आउँछन् । अस्पतालहरूमा ओजेटिभ र जागिर खाने नाममा कैयौँनर्स र महिला कर्मचारीहरूले हाकिमहरूको यौनदासी बन्नुपर्ने बाध्यता छ । सुरक्षाकर्मी महिलाहरूब्यारेकमै बलात्कृत भएकाघटनाहरू बाहिर आउँछन् । जताततै महिला हिंसा कुरीति, कुसंस्कार र रूढिवादले फेरि घर गरिसक्यो । यही सत्ताले केही महिलाहरूलाई सर्वाेच्च निकायमा राखेरदेख्यौ, हामीले अधिकार दियौँ भनेर विज्ञापन गरिरहेको छ । जनयुद्धमा हजारौँ महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानी केवल १÷२ जनालाई सत्तामा पु¥याउनु मात्र हो त ? के अरू सबै महिलालाई जहाँको तहीँ धकेल्नकालागि थियो त ?त्यो थिएन । जनयुद्धको कमान्डर प्रचण्डले त आफ्नी पहिलो बुहारीलाई अधिकारबाट वञ्चित गरी यही समाजमा दबाएर राखेका छन् भने अरूहरूको कुरै छाडौँ। अहिलेको सत्ताले कुनै पनि ठाउँमा महिलालाँई अधिकार दिएको छैन । यसमा केही गाउँपालिका र नगरमा उपप्रमुख दिए भन्दैमा मक्ख हुनुपर्ने कारण छैन । त्यही विज्ञापन गरेर महिलाहरूलाई थप शोषण र दमन गर्न अहिलेको सत्ता लागिरहेको स्पष्ट छ । सयौँ दिदीबहिनीहरू नेपालमै घरेलु हिंसाको सिकारमा छन् । प्रतिक्रियावादी व्यवस्थाका कारण अंशबाट महिलाहरूलाई बन्देज गरिएको छ । छोराको हातबाट पिण्ड जाने धार्मिक अन्धविश्वासलाई कानुनी मान्यता दिइएकाले हजारौँ महिलाहरूको भ्रूणमै हत्या गर्ने गरिन्छ । कुनै पनि ठाउँमा नेपाली महिलाहरूलाई सहज रूपमा काम गर्ने र प्रतिस्पर्धा गर्ने ठाउँ छैन । रोजगारीको सिलसिलामा दलालहरूले खाडी मुलुकमा बेच्दछन् र महिलाहरू घरायसी कामदारकारूपमा विदेश जान्छन् । त्यहाँ कैयौँ दिदीबहिनीको यौनशोषण, बर्बर यातना र हत्या गरिएकाघटनाहरू सामाजिक सञ्जालमा सजिलै देख्न सकिन्छ । कतिसम्म भने नेपाली महिलाहरूलाई शरीरमा तातो आाइरनले डाम्ने, तातोपानी खन्याउने, धारिलो हतियारले शिर छेदन गरेर शरीर क्षतविक्षत पार्ने,हात एकातिर, स्तनअर्कातिर, खुट्टा एकातिर पाटापाटा छुट्टाछुट्टै पारेर बीभत्स हत्या गरिएका घटनाहरू प्रत्यक्ष देख्न सकिन्छ । विदेशमा नेपाली महिलाहरूको अवस्था दर्दनाक छ तर यो देशको सरकारले अलिकति पनि प्रतिक्रिया नै दिन सक्दैन । यी सत्तामा बसेका दलाल नेताहरूको अलिकति पनि दया पलाउँदैन बरु उल्टै महिलाहरूबेच्ने दलाल र मेनपावरहरूमा कमिसन खाने र विदेशमा बेच्नका लागि लाइसेन्स दिने काम गरिरहेको छ । यो सत्ताको अन्त्य गर्न जरुरी छ ।

३.समाधान

महान् जनयुद्धको स्पिरिटलाई आत्मसाथ गर्दै फेरि विद्रोही छापामारमा भर्ती हुने र एकीकृत जनक्रान्तिलाई एउटा उचाइप्रदान गर्ने एक मात्र विकल्प महिलाहरूका अगाडि छ । अब केवल कुरा गरेर र स्तुति गाएर केही हुनेवाला छैन । त्यसका लागि स्कुल–कलेजबाट छात्राहरू, हरेक फ्याक्ट्रीबाट महिलाहरू एकीकृत जनक्रान्तिमा सहभागी हुन जरुरी छ । जहाँ विभेदर उत्पीडन छ त्यहाँका महिलाहरूल्न्इरक्ष्ल्न्इ मा धाएर होइन, आफ्नो अधिकारका लागि विद्रोही छापामारमा आफैँ सहभागी भएर त्यसको डटेर सङ्घर्ष ग¥यौँ भने मात्रमुक्ति सम्भव छ । सानो उदाहरण ः जनयुद्धमा महिलाहरूले जनमुक्ति सेनामा देखाएको अदम्य साहस पुरुष सेनासँग गरेको प्रतिस्पर्धा र साहसिक विजयले मात्र आज महिलाहरू सरकारी सेना,ब्युरोक्रेसी, पुलिस, सरकारी निकायमा जसरी महिलाहरूको सहभागिता भएको छ त्योमहिलाहरूले देखाएको साहसिक प्रतिरोधीसङ्घर्षले हो । विद्रोही छापामार बन्नु भनेको आफूमाथि भएको दमन र अत्याचारविरुद्ध प्रतिरोधका लागि भौतिक र मानसिक दुवै रूपमा तयार हुनु हो । महान् जनयुद्ध एउटा भव्य प्रयोगशाला थियो जहाँ महिलाहरूलेपुरुषको भन्दा बढी सबल र योग्य प्रमाणित गरिदिएका थिए । त्यहाँ वर्गसङ्घर्ष र पार्टीले महिलाहरूलाई पुरुषसरह कामको प्रतिस्पर्धा गर्ने अवसर दिँदा मात्र त्यो सम्भव भएको थियो । हरेक प्रतिस्पर्धा गर्दा त्यहाँ एउटा अवसरको आवश्यकता हुन्छ । अहिले आउँदा दलाल प्रतिक्रियावादी सत्ताले आर्थिक, सांस्कृतिक र धार्मिक उत्पीडनमा नेपाली महिलाहरूकति जब्बर चुनौतीमा धकेलिएकाछन् भने त्यसको क्षतिपूर्ति केवल भाषणले मात्र पुग्नेवाला छैन । इतिहासदेखि अहिलेसम्मको क्षतिपूर्तिका लागि सशस्त्र प्रतिरोधमा उत्रिन जरुरी छ । अस्पतालमा स्टाफ नर्सहरू, हेपियौँ भनेर रुने हैन, ब्युरोक्रेसी, सेना र पुलिसका महिलाहरू, तपाईंहरू हेपिएको वा यौनहिंसाकानाममा बुर्जुवा प्रशासन र अदालतमा रुने होइन, विभिन्न पार्टीमा आफूलाई हेपिएको महसुसमा पार्टी कार्यालयमा उम्मेदवारको पद पाइएन भनी रोएर बस्ने होइन । समाजमा बस्ने सम्पूर्ण महिलाहरू आफू हेपिएमा घरेलु हिंसामा परेँ भनि गैरसरकारी संस्थामा धाउने होइन । त्यसो गर्नुभयो भने यो दलाल संसदीय व्यवस्थाले अझबढीपीडा दिन्छ र हेप्छ ।त्यसको डटेर सामना गर्नुपर्छ । त्यसका लागि एकपटक मानसिक र भौतिक रूपमा आफूलाई सशस्त्र पार्नु पर्दछ । एकपटक तपाईंहामी सङ्गठित रूपमा सशक्त बनेर अगाडि बढौँ त स्कुलबाट छात्राहरू, अस्पतालबाट स्टाफ नर्स र महिला कर्मचारीहरू, ब्युरोक्रेसीबाटवा सेना–पुलिसका महिलाहरूब्यारेकबाट प्रतिरोध गरेर हेरौँ त हाम्रो मुक्ति अवस्य हुन्छ । हामी सुन सिरानीमा राखेर फलाम खोज्न हिँडेजस्तो आफूभित्र रहेको अजङ्गको शक्ति नदेखेर दलालले निर्माण गरेको अदालत धाइरहेका छौँ । यसको समाधान आफैँ सशस्त्र बनेर प्रतिरोध गर्नु हो वा हाम्रो सङ्गठनमा सङ्गठित भएर प्रत्येक दलालहरूलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ । महिला हिंसा गर्नेहरूलाई जनअदालतबाटै कारबाही गर्नुपर्छ । जुन ठाउँमा उत्पीडन हुन्छ महिलाहरू त्यहीँबाट जाग्नुपर्छ । यसको समाधान यही हो ।

निष्कर्ष

अनार खान अनारकै बुटा उमार्नुपर्छ भनेझैँ उत्पीडित वर्गको मुक्ति उत्पीडित वर्गको राज्यसत्ताले मात्र गर्दछ । उत्पीडित वर्गको अधिकार दलाल संसदीय व्यवस्थामा खोज्नु भनेको स्याउको बुटामा नरिवल पाउने आस गर्नुजस्तै हो । यो सम्भव छैन । महिला मुक्तिको सवाल केवल महिला मुक्तिसँग मात्र सम्बन्धित छैन । यो उत्पीडित श्रमजीवी वर्गको राज्यसत्ता प्राप्तिसँग सम्बन्धित छ । एउटा घरको मुक्ति भनेको घरका सदस्यहरूको मुक्तिको ग्यारेन्टी भएजस्तै श्रमजीवी श्रमिक वर्गको राज्यसत्ता हुनु नै सबै प्रकारका उत्पीडनबाट मुक्त हुनु हो । त्यसैमा हाम्रो मुक्ति सम्भव छ । त्यसकारण महिला मुक्ति सङ्घर्षलाई वर्ग सङ्घर्षमा समाहित गर्नु पर्दछ वर्गीय मुक्तिबिना महिला मुक्ति सम्भव छैन । यो सङ्घर्षमा उत्पीडित वर्ग, महिला र पुरुष सबैको सहभागिता अनिवार्य छ । तब मात्र महिला मुक्ति सङ्घर्ष विजयको अन्तिम शिखरमा पु¥याउन सम्भव छ । त्यसका लागि नेपाल कम्युनिस्ट पार्टीले तय गरेको एकीकृत जनक्रान्तिमा भाौतिक र मानसिक रूपमा सहभागी बनौँ। यसले दलाल संसंदिय व्यवस्थाको समूल अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुँदै साम्यवादमा पुग्ने महान् उद्देश्य राखेको छ यसबाट मात्र महिला मुक्ति सम्भव छ । (लेखक महिलानेत्री हुनुहुन्छ ।)

स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३३, पूर्णाङ्क १२८

२०७४ माघ २३ गते बिहान ९ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :