नेकपा रामेछापको बैठक सम्पन्न / स्थानीय सरकारको भण्डाफोर गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, रामेछाप जिल्ला समितिको शनिबार बसेको सातौं बैठकले नगरपालिकाले भूकम्प पीडित जनताको घर नक्सा बनाउने नाममा जथाभावी कर उठाउने र भूकम्पले थिलथिलो भएका जनतालाई सुविधा दिने वाहानामा निर्माण सामग्रीको रेट बढाउने निर्णय विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयलाई सार्वजनिक गर्दै नेकपा, रामेछापका इन्चार्ज जमिन र सेक्रेटरी अभिलाषले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उक्त क’रा जनाइएको छ । बैठकले पार्टी केन्द्रीय समितिले निर्णय गरेको ३ महिने ‘एकीकृत जनजागरण अभियान’ कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी जिल्लामा जथाभाबी उत्खनन गर्दै आएको ढुंगा, रोडा बालुवा निकासी रोक्नको लागि दबाब दिने, दलाल संसदीय व्यवस्थाले जनतामाथि छरेको भ्रम चिर्दै जनसम्बन्ध सुदृढ गर्ने, जवस मोर्चा संगठनलाई व्यापक रुपमा विस्तार गर्ने, क्रान्तिकारी शक्तिहरुसँग ध्रुवीकरण तीव्र पार्ने, राष्ट्रियता जनतन्त्र र जनजीविकाको प्रश्न, महँगी, भ्रष्टाचार कालोबजारी, दलालीकरण र भूकम्पपछिका पुनर्निर्माणका क्रममा जनतामाथि लादिएको संसदीय व्यवस्थाको एकतन्त्रीय शासनको विरुद्धमा पनि संघर्ष गर्ने भएको छ ।

२०७४ माघ २२ गते साँझ ८ : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :