नेकपा र क्रान्तिकारी माओवादीका शिर्ष नेताहरुबीच वार्ता सम्पन्न / के-के भयो त सहमति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को उच्चस्तरिय वार्ता आइतबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । दुबै पार्टीका शिर्ष नेताहरुबीच भएको वार्तामा तीन बुँदे सहमति भएको हो । वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुवीकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुले सहमति गरेको वार्ता टोलीका एक नेताले बताउनुभएको छ । साथै, पार्टी एकताबारे थप छलफल गर्दै जाने सहमति भएको पनि बताइएको छ । यसअघि गत पुसमा यी दुई पार्टी बीच तीन बुँदे कार्यगत एकता र एकता गर्ने सहमती भएको थियो । 

२०७४ माघ २२ गते अपरान्ह ५ : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :