क्रान्तिकारी विद्यार्थीले गर्‍यो अर्को कारबाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) चितवनले नारायणगढमा रहेको बालकुमारी उच्च माध्यमिक विधालयका प्रध्यानाध्यापकलाई कालोमसो दलेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार दिउँसो उक्त विद्यालयका प्रध्यानाध्यापक  नारायण बहादुर थापालाई क्रान्तिकारीले कालोमोसो दलेको हो । विभिन्न बाहानामा बिद्यार्थीसँग चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही, गरेको कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेकोलगायतका आरोप लगाउदै उनलाई कालोमाेसो दलेको हाम्राे संवाददाता चितवनका लागि  सुशान क्षेत्रीले बताएका छन् ।

२०७४ माघ २२ गते अपरान्ह ४ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :