रुकुममा कांग्रेस र माकेका कार्यकर्ता कुटाकुट, प्रचण्डसहित आठ कार्यकर्ता घाइते

ser-badhur-+-Prachandaरुकुमः वैशाख २२, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाली काँग्रेसका शिर्ष नेताहरुले केन्द्रमा चुनावी तालमेलको छलफल गरिरहँदा रुकुममा भने दुबै पक्षका कार्यकर्ता एक आपसमा कुटाकुट गरेका छन् ।

कुटाकुट क्रममा काँग्रेसका हरि बस्याल, धनबहादुर विक, रवि केसी र माओवादी केन्द्रका जिल्ला नेता प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएका छन् । रुकुमको बाँफिकोट गाउँपालिका–६ मा चुनाव प्रचारको क्रममा  काँग्रेस र माओवादी केन्द्रबीच कुटाकुट हुँदा आठजना घाइते भएका छन् ।

आन्तरिक बैठकमा माओवादीले आक्रमण प्रयास गरेपछि झडप भएको काँग्रेसले बताएको छ भने बाटोमा हिडिरहेको अवस्थामा काँग्रेसका कार्यकर्ताहरुले पहिला आक्रमण गरेको माओवादी केन्द्रले आरोप लगाएको छ । त्यस क्षेत्रमा सो घटना हुनेवितिकै सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :