प्रहरी नै भ्रष्टाचारका नाइके

ex-igpकाठमाडौँः बैशाख २२, संयुक्त राष्ट्र संघीय सुरक्षा टोलीमा जाने जनताहरुका लागि बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको विचाराधीन मुद्दामा आइतबार फैसला गर्दै पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङलगायत ३४ जनालाई सर्वोच्चले दोषी प्रमाणित गरेको छ ।

राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवाना फैसला गरेको छ । त्यसैगरी पूर्व एआइजी श्यामसिंह थापा र दीपकसिंह थाङदेललाई १ वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको छ ।

डिआइजी दिपक कुमार श्रेष्ठ, एसएसपी रविन्द्रप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना गरेको छ । त्यसैगरी अन्य ३० जनालाई कैद र जरिवाना सर्वोच्चको फैसलामा समावेश छ । अदालतको यो फैसलाबाट शक्तिकेन्द्रहरु चिढिए पनि साहसिक कदमका रुपमा हेरिएको छ ।
१) ओमविक्रम राणा – आइजीपी
२) रमेश चन्द ठकुरी – आइजीपी
३) हेमबहादुर गुरुङ – आइजीपी
४) श्यामसिंह थापा – एआईजी
५) दिपकसिंह थाङदेल – एआईजी
६) दिपक कुमार श्रेष्ठ – डिआईजी
७) रविन्द्र प्रताप राणा – डिआईजी
८) मिचेर राडार – एस्युर्ड रिस्क लिमिटेड (खरिद कम्पनीका प्रमुख)
९) शम्भु भारती – दलाल, एस्युर्ड रिस्क लिमिटेड
१०) माइकल राईडर – एम डि, एस्युर्ड रिस्क लिमिटेड

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :