कालिकोटमा चुनाव प्रचार निषेधित क्षेत्र घोषणा, प्रचार सामाग्री कब्जा

kalikotकालिकोटः बैशाख २२, स्थानीय जनताले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकालाई चुनाव प्रचार निषेधित क्षेत्र समेत घोषणा गरेको र आफ्नो वडामा चुनावी प्रचार र गतिविधि गर्न प्रवेश रोक लगाएका छन् ।

बिहिबार कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि प्रचार अभियान लिएर हिडेको माओवादी केन्द्रको टोलीलाई स्थानीय जनताले प्रतिकार गर्ने क्रममा झडप भएको छ साथै प्रचार सामाग्री समेत कब्जामा लिएका छन् ।

निर्वाचनका नाममा जनतालाई आँखामा छारो हाल्न निर्वाचनको नाटक गरिएको, जनताका दैनिकी समस्या समाधान नभएको भन्दै स्थानीयहरुले निर्वाचन अभियानलाई गाउँमा निषेधित गरिएको कालिकोटबाट एक स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :