सिरियाली विद्रोहीद्वारा रुसी विमानमाथि आक्रमण

काठमाडौं : सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी विमान आक्रमण गरेको छ । ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले ‘सुखोइ–२५’ नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरेर खसालेको बिबिसीले जनाइएको छ ।

रुसी विदेश मन्त्रालयकाअनुसार विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको बताइएको छ । सिरियाली सरकारका फौजी कारबाहीलाई मदत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक छेउमा रहेका निशानाहरुमा बम खसाल्दै आएको थियो ।

यसरी घटनाक्रमलाई हेर्दा सिरिया अमेरिका र रुसको अत्याधुनिक हतियार परिक्षण स्थल बन्न पुगेको छ ।

२०७४ माघ २१ गते अपरान्ह ५ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :