आरसीपीका ६ सङ्कल्प

क्रान्तिकारी कम्युनिस्ट पार्टी संयुक्त राज्य अमेरिका (आरसीपी, युएसए) ले केही वर्ष अघिदेखि नयाँ संश्लेषण (न्यू सिन्थेसिस) लाई विश्वक्रान्तिको सैद्धान्तिक राजनैतिक अवधारणा भनी सार्वजनिक गरेको छ । नयाँ संश्लेषणको खोजकर्ता आरसीपीका अध्यक्ष बब अभाकियन हुन् । आरसीपीले आफ्नो पार्टीको विधान पनि न्यु सिन्थेसिसको आधारमा तयार पारेको छ । नयाँ क्रान्ति, नयाँ पार्टीले नयाँ संकल्प गरेर मात्र क्रान्ति सफल हुनसक्छ भन्ने मान्यता आरसीपीले राख्दै आएको छ । तिनै ६ वटा संकल्पहरुलाई हामीले यहाँ अंग्रजीबाट नेपालीमा भाषान्तरण गरी प्रकाशित गरेका छौं । (सं.)

२०१६, जनवरी १
निर्णय १ : क्रान्तिकारी कामका ४० वर्षको अनुभवका आधारमा बब अभाकियनले अघि सारेको साम्यवादको नयाँ संश्लेषणले मानवताको मुक्ति र क्रान्ति गर्ने वैज्ञानिक विधिमा गुणात्मक प्रगतिको प्रतिनिधित्व गर्छ । यसले आजको विश्वमा अनिवार्य भएको नयाँ साम्यवादी क्रान्तिका लागि जग र प्रस्थानबिन्दु प्रदान गर्छ ।

जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनसमूह आफ्ना दमनको अवस्था र दमन सञ्चालन गर्नेहरूका विरुद्ध लगातार उठ्दै जानेछ । परन्तु आधारभूत वैज्ञानिक सिद्धान्त र नेतृत्वबिना दमितहरूको विद्रोह दमनको स्रोत बनेको पद्धतिभित्रै त्यसै थन्किने र अवरुद्ध हुनेछ अनि जनसमूहमाथि लादिएको आतङ्क निरन्तर जारी रहनेछ । बब अभाकियनको नेतृत्व र नयाँ संश्लेषणले वैज्ञानिक बुझाइ र दमित जनसमूहलाई आवश्यक क्रान्तिका निमित्त चाहिने पद्धतिलाई प्रस्तुत र मूर्तीकरण गर्छ । जुन क्रान्तिको अन्तिम लक्ष्य भनेको आफैँलाई र अन्ततः समग्र मानव जातिलाई मुक्ति दिने साम्यवादी विश्वको निर्माण हो ।

बब अभाकियनले जोड दिएको नयाँ संश्लेषण हो : यसले साम्यवादको आजसम्मको विकासका क्रममा अस्तित्वमा आएको आधारभूत वैज्ञानिक विधि र पद्धतिका बीचका एउटा जटिल अन्तर्विरोधको तथा यसका प्रतिरोधमा सञ्चालित साम्यवादका पक्षहरूको गुणात्मक संश्लेषण प्रस्तुित र मूर्तीकरण गर्छ ।

अनि नयाँ संश्लेषणमा सबैभन्दा आधारभूत र सबैभन्दा आवश्यक भनेको एउटा वैज्ञानिक विधि र पद्धतिका रूपमा साम्यवादको संश्लेषण र थप विकास हो । अनि शोषण र दमनका सबै सम्बन्ध र तरिकाहरूलाई उल्ट्याउने र निर्मूल पार्ने सामान्य र विशिष्ट अवस्थामा क्रान्तिकारी सङ्घर्षका वैज्ञानिक विधि र पद्धतिको निरन्तर अभ्यास हो । यस विधि र पद्धतिले यस नयाँ संश्लेषणका सार तत्व र अपरिहार्य घटकलाई रेखाङ्कित र सूचित गर्छ ।

वस्तुगत यथार्थलाई बुझ्ने र रूपान्तरण गर्ने सबै वैज्ञानिक पद्धतिका रूपमा साम्यवादले निरन्तर विकास गर्नु जरुरी छ र नयाँ संश्लेषणका साथ यो गुणात्मक विकासमा प्रवेश गरेको छ जो पहिलेको भन्दा एक अग्रगामी छलाङका साथै केही महत्वपूर्ण मार्गमा खुसीको कुरा पनि हो । वर्तमानमा यसलाई बुझ्नु, यसमा सहमत हुनु भनेको असल क्रान्तिकारी कम्युनिस्टहरू तथा साम्यवाद र क्रान्तिका पक्षमा रहेको दाबी गर्नेहरू जो वास्तवमा होइनन् तिनीहरूका बीच अनिवार्य विभाजक रेखा हो । जस्तो १९७५ तिर कम्युनिस्ट हुनु भनेको माओ र उनले प्रतिपादन गरेको बाटाको अनुयायी हुनु थियो त्यसरी नै आज पनि कम्युनिस्ट हुनु भनेको बब अभाकियन र उनले प्रतिपादन गरेको नयाँ बाटाको अनुसरण गर्नु हो ।

निर्णय २ : नेताका रूपमा बब अभाकियन दुर्लभ संयोजन गर्छन् : उनी एउटा यस्ता व्यक्ति हुन् जो विश्वस्तरमा वैज्ञानिक सिद्धान्त विकास गर्न सक्षम छ र साथै जसले धेरैजसो दमितहरूका साथ सघन आन्तरिक सम्बन्ध राखेको र गम्भीर रूपले बुझेको छ अनि जटिल सिद्धान्तलाई चिर्न र त्यो सबै जनसमूहलाई सहज प्राप्य बनाउन सक्ने उच्च क्षमता राख्दछ । बब अभाकियन क्रान्तिकारी सङ्घर्षका सबै जटिल आयामहरूमा गतिशील ढङ्गको रणनीतिक र कुशल नेतृत्व प्रदान गर्छन् । उनले कम्युनिस्ट नेतृत्वको कला र विज्ञानको राम्रो विकास गरेका छन् । जस्तो उनी भन्छन् : नेतृत्व र खासमा कम्युनिस्ट नेतृत्व, जस्तो मैले भन्ने गरेको छु– विचारमा केन्द्रित हुन्छ । सामान्यतः यसको अर्थ सैद्धान्तिक सारका रूपमा विचार होइन यद्यपि यस्ता मजबूनहरू, विशेषतः जहाँसम्म तिनले यथार्थ र त्यसको गति र विकासलाई सही रूपमा प्रतिबिम्बित गर्छन्, ज्यादै महत्वपूर्ण छन् । परन्तु चतुर्दिक (अल राउन्ड) अर्थमा यो सैद्धान्तिक निचोडमा निरन्तर आवश्यक परिमार्जन गर्ने योग्यताका रूपमा अभिव्यक्त नेतृत्वको विषय हो । साथै स्पष्ट रूपमा व्यक्त गर्नु, सञ्चालन गर्नु, अनि सक्रिय रहन र ग्रहण गर्न अरूलाई नेतृत्व गर्नु र आफैँमा क्रान्तिद्वारा साम्यवादका लक्ष्यतर्फ संसारलाई आमूल रूपमा रूपान्तरण गर्न दृष्टिकोण र विधि, रणनीति र योजना, नीति सञ्चालन गर्न पहल गर्नु हो । अनि निरन्तर अरूलाई सक्षम बनाउने यस प्रक्रियाका माध्यमबाट उसले सबै कुरा गर्ने आफ्नो क्षमताको गतिशील विकास गर्न आफैँलाई डो¥याइरहेको हुन्छ । कम्युनिस्ट नेतृत्वको सार यही हो ।

बब अभाकियनको साम्यवादको नयाँ संश्लेषणका विधि र पद्धतिले त्यसप्रकारका नेतृत्वलाई सम्भव बनाउँछ जसले अरूका निस्सासिने नेतृत्वबाट पर हटेर अपूर्ववर्ती बाटामा व्यापक स्तरमा जनताका नेतृत्व र सक्रियतालाई स्वतन्त्र गर्नसक्छ र गर्छ । कुनै रूपमा दासताविहीन संसारका निमित्त सङ्घर्ष गर्ने सबै बब अभाकियनका अनुकर्ता हुनुपर्छ र साम्यवादको नयाँ संश्लेषणलाई ग्रहण गर्नुपर्छ र त्यसै आधारमा मानवताका मुक्तिका लागि क्रान्तिकारी सङ्घर्षमा आफैँ नेता हुनुपर्छ ।

निर्णय ३ : यो तथ्य हो कि आजका दुनियाँमा बब अभाकियनका क्षमताको क्रान्तिकारी नेतृत्व र साम्यवादको अहिलेको संश्लेषण दमित जनसमूह र मानवमुक्तिका कारणका रूपमा अद्भुत प्राप्ति हो । करोडौँका लागि बब अभाकियनको नेतृत्वको विषय र भूमिका ल्याउनु त्यसलाई सन्दर्भको बिन्दु र सामाजिक आकर्षणको वृद्धि उन्मुख शक्तिशाली ध्रुवका रूपमा निर्माण गर्नु समग्र क्रान्तिकारी प्रक्रियाका लागि अनिवार्य छ । क्रान्तिको आन्दोलन निर्माणमा रणनीतिक पद्धतिको सघन अभिव्यक्तिका रूपमा यसका नेतृत्व केन्द्रका रूपमा पार्टीका साथ हाम्रो पार्टीले यो नारा अघि सारेको छ : ‘शक्तिले लड र जनतालाई क्रान्तिका निमित्त रूपान्तरण गर’ र ‘जमिन तयार गर, जनता तयार गर र अग्रदस्ता तयार गर, विजयको वास्तविक अवसरका साथ त्यस समयका लागि तयार होऊ जब करोडौँलाई क्रान्तिका लागि नेतृत्व गर्न सकिन्छ ।’ यसको अर्थ हो पुँजीवादी साम्राज्यवादी पद्धतिको दमनात्मक र शोषणमूलक प्रकृतिलाई नङ्ग्याउनु र यसका मातहतका र स्पष्ट अन्तर्विरोधलाई जो शोषण र दमनका आधार हुन् क्रान्तिका माध्यमबाट मात्र समाधान गर्न सकिन्छ । जसको अर्थ हो यस पद्धतिका सबैभन्दा खतरनाक दुर्गुणहरूलाई सामना गर्न जन परिचालन गर्नु । यी अभिशापहरूलाई अन्तिम रूपमा समाप्त पार्न क्रान्तिका आवश्यकताहरू प्रकाशमा ल्याउँदा मार्गमा क्रान्तिका लागि शक्ति सञ्चय गर्नु जसको अर्थ क्रान्तिकारी परिस्थिति छिटो तयार गर्नका लागि निर्णायक प्रगतिका उद्देश्यले यस व्यवस्थाका अन्तर्विरोधहरूले तीव्र सङ्कटका रूपमा अभिव्यक्ति पाउँदाका क्षणलाई पक्रिनु हो ।

यस समग्र प्रक्रियामा हामी जहाँ जाऊँ र जेसुकै गरौँ हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो बब अभाकियनका नेतृत्व र उनले अघि सारेको साम्यवादको नयाँ संश्लेषणलाई प्रोत्साहित र लोकप्रिय पार्नु । यो हाम्रा पार्टीको प्रथम मूल कदम हो जसले समग्रमा पार्टीका कामका लागि परिवेश र ढाँचा प्रदान गर्छ । यो नै क्रान्तिकारी कामको समग्र प्रभाव र हाम्रो पार्टीले लिएको सङ्घर्षको नेतृत्वदायी धार हो ।

निर्णय ४ : क्रान्तिको तयारीका लागि चलिरहेको वैचारिक र राजनीतिक कार्यको पार्टीको नेतृत्वको मुख्य वाहक साधन यसको वेबसाइट हो REVCOM.US. यो हाम्रा पार्टीको दोस्रो मुख्य कदम हो । यस वेबसाइटले तत्काल र लामो समयका लागि गतिशील अभिमुखीकरण र नेतृत्व प्रदान गर्छ । यसले र पार्टीको पत्रिका रिसोल्युसनले बब अभाकियनका मुख्य कामलाई सम्मिलित गर्छन् । यसले विश्व परिघटनाको विश्लेषण गर्छ र तिनमा निहित घटनाका मुख्य गतिशीलता र अन्तर्विरोधलाई बाहिर ल्याउँछ । ती पुँजीवादी साम्राज्यवादी व्यवस्थाका आधारभूत प्रकृति र गतिशीलतामा कसरी आधारित छन् ? ती यस व्यवस्थालाई फ्याँक्ने र अघि बढ्ने सङ्घर्षसँग कसरी सम्बन्धित छन् ? भन्ने कुरालाई प्रकट गर्छ । यसले प्रमुख सामाजिक अन्तर्विरोधका सेरोफेरोमा भएका जनसङ्घर्षमा पार्टीका काम, पार्टीका मुख्य दस्ताबेज र क्रान्तिका लागि आवश्य नेतृत्वदायी केन्द्रका रूपमा पार्टीलाई निर्माण गर्नमा महत्वपूर्ण लेखहरूका विवरणलाई समावेश गर्छ । यस वेबसाइटभित्र पत्रिकाले मूल भूमिका निर्वाह गर्छ । जस्तो बब अभाकियनले राखेका छन् : WWW.REVCOM.US/REVOLUTION NEWSPAPER ले समाज र विश्वका प्रमुख घटनाहरूको एउटा जीवन्त वैज्ञानिक विश्लेषण बाहिर ल्याउँछ । ती किन घटे ? भिन्न घटनाहरू र विकासहरू आपसमा कसरी सम्बद्ध छन् ? हामी बाँचिरहेका व्यवस्थासँग यो सबै कसरी सम्बद्ध छ ? यी सबै कुरासँग जनताको स्वार्थ कहाँ निहित छ ? क्रान्ति नै यी सबैको समाधान कसरी हो ? र त्यस क्रान्तिको लक्ष्य के हो ? क्रान्तिका लागि आवश्यक भिन्न दृष्टिकोण र कार्ययोजना सकारात्मक र नकारात्मक रूपले कसरी सम्बन्धित छन् ? अनि क्रान्तिको परिवेश निर्माण गर्न जनता कसरी बढ्छन् र बढिरहेका छन् ? Revcom.us/Revolution नै मार्गदर्शक हो धुरी हो, अघिल्तिर बढाउने, तालिम दिने, हजारौँलाई सङ्गठित गर्ने र करोडौँलाई प्रभावित गर्ने, लड्ने शक्तिका रूपमा जनतालाई बदल्ने निर्णायक साधन हो । क्रान्तिका लागि तीव्र पार्ने र तयार गर्ने जब हामी समग्रताका लागि जित्नका लागि सही अवसरसहित बढ्न सक्छौँ । यो वेबसाइट पहिलेदेखि नै शक्तिशाली छ तर REVCOM.US त्यस्तो वेबसाइट बन्नुपर्छ जो करोडौँका बीचमा पुग्छ र संवाद गर्छ र तिनीहरूलाई संसारलाई आमूल परिवर्तन गर्ने सोचाइ र आन्दोलनमा मार्गदर्शन गर्छ । साथै तिनीहरूलाई नेतृत्व प्रदान गर्छ जो पहिले नै क्रान्तितिर आकर्षित छन् ।

निर्णय ५ : बब अभाकियनका दशकौँ लामो कामको संकेन्द्रण हो— उत्तरअमेरिकामा नयाँ समाजवादी गणतन्त्रको संविधानको निर्माण, उनले अघि सारेको साम्यवादको नयाँ संश्लेषणको प्रेरक अभ्यास । यो संविधान जो क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिकाको केन्द्रीय कमिटीले २०१० मा ग्रहण गरेको थियो । यो नयाँ समाजवादी समाजका लागि लिखित दस्ताबेज हो । मानव मुक्तिको कारण आधारभूत यो काम बब अभाकियनबाट लेखियो र उनीबाट मात्र लेखिन सक्थ्यो । आजको दुनियाँमा सामान्य तथ्य के हो भने अरू कुनै व्यक्ति वा समूह यस्तो विस्तृत, दूरदृष्टिकोणयुक्त, ठोस, आमूल मौलिक र मुक्तिमय समाजका लागि मार्गदर्शक कार्यढाँचा प्रतिपादन गर्न सक्षम होवैन । यो बब अभाकियन र उनको नेतृत्वका बारे विशिष्ट र अद्वितीय कामको सबल व्याख्या हो साथै संसारका जनसमूहका लागि अद्भुत महत्वको छ ।

निर्णय ६ : बब अभाकियन क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिकाका अध्यक्ष हुन् । अन्य पार्टी सदस्यजस्तै समग्र पार्टी सामूहिकतामा आश्रित छन् यद्यपि उनी पार्टीको नेतृत्व गर्न केन्द्रीय कमिटीबाट चुनिएका हुन् । साथै साम्यवादको नयाँ संश्लेषणका पहलकर्ता र शिल्पकार हुन् सोद्देश्यतः उनी पार्टीभन्दा महान् छन् । हाम्रो पार्टी उनकै साम्यवादको नयाँ संश्लेषणमा अडेको छ र अघि बढिरहेको छ भन्ने निश्चित छ । बब पार्टीभन्दा महान् छन् भन्नुको अर्थ पार्टी र उनका बीचका सम्बन्धको प्रमुख पक्ष हो । जस्तो कि हामीले उनका नेतृत्व र उनले अघि सारेको साम्यवादको नयाँ संश्लेषणलाई बढी जोड दिएका छौँ जसले साम्यवादी क्रान्तिको समग्र नयाँ स्थितिका लागि अमेरिकामा मात्र हैन, समग्र विश्वमा सैद्धान्तिक कार्यरूप, वैज्ञानिक विधि र पद्धति प्रदान गर्छ ।
(अनु. –भगवानचन्द्र ज्ञवाली)

स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३३, पूर्णाङ्क १२८

२०७४ माघ २१ गते दिउँसो  ३ :१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :