क्रान्त्किारी शिक्षकमा डाँगी चयन

काठमाडौं : सम्पूर्ण क्रान्तिकारी शिक्षकहरु एक हौं ! मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठन दाङको सातौं जिल्ला भेला सम्पन्न भएको छ ।

उक्त संगठनका जिल्ला संयोजक डिल्लीराज डांगीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सितल प्रमुख, नेकपा दाङ जिल्ला इन्चार्ज सबिनको र अखिल नेपाल शिक्षक संगठन ५ नं प्रदेश अध्यक्ष नारायण भण्डारीको आतिथ्यतामा भएको भेलाले फेरी पनि डिल्लीराज डाँगीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिहरुमा उपाध्यक्षहरु निर्मला योगी, हरिलाल चौधरी, सचिव विष्णु केसी, सहसचिव धनिराम घर्ति, कोषाध्यक्ष मेघराज घिमिरे, सदस्य उषा गौतम, विबवक विक, एलडि विक, सामना पुनडिसी, चेतनाथ मगर, घनश्याम आचार्य, नरेन्द्र बस्नेत, श्रृजना गिरी, विनोद चौधरी, कृष्णबहादुर हमाल रहेका छन् ।
कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी बिक्रम, शैक्षिक जनतान्त्रिक मञ्च दाङ संस्थापक राम प्रसाद जैशी, नेकपा दाङका सचिवालय सदस्य एवं दाङ जिल्ला जनसरकार प्रमुख गणेश चौधरी, थारू मुक्ति मोर्चा दाङका प्रमुख एकराज चौधरी, अखिल नेपाल शिक्षक संगठन ५ नं प्रदेश सदस्य कविता खनाल ,अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं राप्ती ब्यूरो इन्चार्ज नरेन्द्र विकलगायतले बाेलेका थिए ।

२०७४ माघ २१ गते दिउँसो १ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :