भारतमा बन्दको आह्वान

अम्बिका चन्द / काठमाडौं : भारत सरकारले आफ्नो पार्टीका नेत–कार्यकर्ता र शुभचिन्तहरुमाथि दमनको बाटो अवलम्बन गरेको भन्दै भाकपा (माओवादी)ले एक दिने राज्य बन्दको आह्वान गरेको छ । भाकपा(माओवादी)को आन्ध्र–ओडिसा स्पेसल जोनल समितिले यही फेव्रवरी ५ तारिकका दिन ‘फाँसिवादी दमनका विरुद्ध प्रतिरोध अभियान’ भन्दै तेलङगना र दण्डकारण्य राज्य बन्दको आह्वान गरेको हो । मोदी सरकारले माओवादी विरुद्ध अपरेसन गर्ने नाममा ग्रामीण क्षेत्रमा दमन गर्ने र आतंक मच्चाउने काम गरेकोले बन्द आह्वान गरिएको भाकपाको भनाई छ । सरकारले गरेको दमनका विरुद्ध प्रतिरोध अभियान चलाउने बताएको भाकपा (माओवादी)ले आन्ध्र उडिसा क्षेत्रमा विदेशी कम्पनीसँग आवद्ध दुई दर्जन बढि सवारी साधन जलाएर ध्वस्त पारिदिएको खबर छ ।

२०७४ माघ २१ गते बिहान  १० : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :