नेकपाले गर्‍यो अर्को कारबाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, कालीकोटका कायकर्ताले शुक्रबार अपराह्न जिल्लाको रास्कोट आरसीपी बजारमा अस्पतालका प्रमुख डा. कौशल अलीमाथि कालोमोसो दलेका छन् ।

अलीले सेवाग्राहीलाई सेवा प्रदान नगरी निजी स्वार्थपूर्तिमा लागेको, विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको र अस्पतालमा आउने अनुदानको औषधि निजी संस्थालाई दिने गरेको भन्दै कालोमोसो दलिएको नेकपा कालीकोटले जनाएको छ ।

नेकपा कालीकोटले पार्टीले भ्रष्टाचारविरोधी अभियान चालेकाले युवाहरूलाई अभियानमा सहभागी हुन आह्वानसमेत गरेको छ । 

२०७४ माघ २० गते मध्यान्न १२ : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :