जनताको सत्ता सुदृढीकरण गर्दै : नेकपा, दोलखा


सरोजप्रसाद न्यापाने / दोलखा : “दलाल सत्तालाई खारेज गरौ, जनताको सत्ता निर्माण गर्दै अघी बढौं ’’  नाराका साथ तिन महिने एकीकृत जनजागरण अभियानमा जुटेको नेकपा जिल्ला समिति दोलखा मुलत राष्ट्रियता, जनजीवीकाका प्रश्नलगायत, क्रान्तिकारी शक्तिहरु बिचको सहकार्य तथा ध्रुवीकरण पहल, कालोबजारी, महँगी र भ्रष्टाचार बिरुद्धको संघर्षका एजेन्डासहित जनताको बीचमा जाने भएको छ ।

दोलखाको सदरमुकाम चरिकोटमा बुधबार पत्रकार सम्मेलन गरि जिल्ला इन्चार्ज यादव दहालले सो कुरा बताउनुभएको छ । यसैबिच केन्द्रीय कार्यक्रमअनुशसार नै नेकपाले देशब्यापी रुपमा एकीकृत जनजागरण अभियान चलाइरहेको छ ।

जिल्ला पार्टी दोलखाको तेस्रो पुर्ण बैठकका विभिन्न महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै उक्त तिन महिने अभियानको उद्घाटन क्रममा पत्रकारहरुसँगको कुराकानीका सन्दर्भमा पूर्वी ताम्साालिङ ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य जगतले कथित वाम तथा लोकतान्त्रिक गठबन्धनहरु दलाल पुँजीपतिहरुको राजनीतिक मोर्चामात्र भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका जनवर्गीय संगठनका नेतृत्वहरुको सहभागिता रहेको थियो भने जिल्लाले जनतामा जाने तयारिलाई हालै दुई कमान्डमार्फत अघि बढाउने जनाएको छ ।

२०७४ माघ १८ गते मध्यान्न १२ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :