कञ्चनपुरमा युवा भेला

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो राष्ट्रिय सम्मेलन अगामी फागुन महिनाको ६ र ७ गते मोरङको विराटनगरमा हुँदै गर्दा सो संगठनले देशव्यापी रुपमा जिल्ला सम्मेलन/भेलालाई तीव्र पारेको छ । त्यसैगरी मंगलबार युवा संगठन कञ्चनपुरले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जिल्ला भेला सम्पन्न गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज असिनाको प्रमुख आतिथ्यमा भएको भेलाले भुवन कुँवरको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष मोनमोहन जोशी, सचिव मास नेपाली र कोषाध्यक्ष राजु साउद लगायत १७ सदस्यीय रहेका छन् ।

भेलाले भ्रष्टाचार, कालोबजारी महंगी, जुवातास, बढ्दो बेश्यावृत्ति र राष्ट्रियताको सन्दर्भमा संघर्षलाई निर्मम ढंगबाट अगाडि बढाउने साथै, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको महाअभियानमा लामबद्ध हुने निर्णयसहित भेला सम्पन्न गरिएको विज्ञप्तिमार्फत् बताइएको छ ।
२०७४ माघ १८ गते दिउँसो ३ : ०७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :