मगर मुक्ति मोर्चाको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं : मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । माघ १२ र १३ गते नवलपरासीमा सम्पन्न भेलाले गमबहादुर श्रीसको संयोजकत्वमा ४९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । मोर्चाका सदस्यहरूमा सुदर्शन मङ्गोल, निरु थापा, इन्द्र घर्ती, मोहन सारुलगायत छन् ।

‘दलाल संसदीय पुँजीवादी व्यवस्थाविरुद्ध सङ्घर्ष गरौँ ! वैज्ञानिक समाजवाद र स्वशासनका पक्षमा प्रथम राष्ट्रिय भेला सफल पारौँ !!’ नारासहित सम्पन्न भेलाको उद्घाटन नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगरले गरेका थिए । भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक श्रीसले मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन छिट्टै गर्ने जानकारी दिए । उनले संसदीय व्यवस्थाभित्रको नक्कली सङ्घीयताले मगर जाति र उत्पीडित समुदायको समस्या समाधान नहुने भन्दै त्यसका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना अनिवार्य भएको बताए । भेलामा देशका २८ जिल्लाका प्रतिनिधि सहभागी थिए । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३३, पूर्णाङ्क १२८

२०७४ माघ १८ गते बिहान ११ : ५७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :